विगतमा नेताहरु विदेशमा उपचार गर्न जान्थे । स्वदेशमा आधुनिक र व्यवस्थित अस्पताल बनाउन थिए । निजी उपाचार भन्दै सरकारी कोषबाट उपचार खर्च लिएर उनीहरु विदेशी अस्पतालमा पुग्थे । कानुन विपरीत लिएको उपचार खर्च एमाले अध्यक्ष केपी ओलीले फिर्ता गरे । वर्तमान रााष्ट्रपति र पूर्व राष्ट्रपति लगायतले फिर्ता पनि गरेनन् ।
पछिल्लो समय काठमाडौ महानगरका प्रहरीसंगको विवाद हुँदा पठाओ चालक मुगु घर भएका गणेश नेपाली आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरे । शरीर जलेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि वीर अस्पतालमा पुराइयो । तर, जलन सम्बन्धि उपचार नहुँदा गणेश नेपालीको मृत्यु भयो । यस्तो घटना २०७९ माघ १२ गते पनि भएको थियो । व्यवसायी प्रेम आचार्यको कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो ।
सरकारले तत्कालीन सहसचिव नारायण सिलवालको संयोजकत्वमा समिति बनायो । समितिको २३ बुँदे सुझाव कार्यान्वयन गरेको भए यतिबेला बर्न अस्पतालले सेवा दिइरहेका हुन्थे । तर, सरकारी प्रतिवेदन दराजमै थन्किए । जलनको समस्या पछिल्लो समय धेरै छ । देशभर जलनको उपचार अभावमा मानिसहरुको ज्यान गइरहेको बेलामा प्रधानमन्त्री बालेनले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री बालेनले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिए । गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि प्रधानमन्त्री बालेनले ध्यानाकर्षण गराएका हुन् ।प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग अर्थात (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट र असल अभ्यासलाई अन्य संस्थाले पनि साझेदारी र सिकाइका माध्यम बनाउन सुझाव दिँदै उनले प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषय सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम समाधानका लागि पहल गरिने बताएका छन् ।
छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाइ, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवद्र्धन र पूर्वाधार विकाससम्बन्धी सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले स्वास्थ्य सेवामा ‘डिजिटल’ रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको प्रभावबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराएका छन् ।त्यस अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए ।
गणेश नेपालीको जलनपछिको मृत्यु भएको थियो । उनको मृत्युले सरकारमाथि दबाब पनि परेको छ । हरेक वर्ष स्वास्थ्यमा राज्यको ठूलो लगानी भएपनि आधुनिक बर्न अस्पताल नहुँदा उपचार अभावमा नागरिकले ज्यान गुमाउनु परेको छ । त्यही कुरालाई मध्यनजर गर्दै सरकारले बर्न अस्पताल सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । हरेक प्रदेशमा बर्न अस्पताल सन्चालन भएमा जलनका विरामीहरुले उपचार पाउने विश्वास गरिएको छ। ००००








