२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

नेपालका तीन परियाेजनाका लागि एडीबीकाे सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोग !


७ पुस २०८१, आइतबार  



एशियाली विकास बैंक(एडीबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न  एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ ।

सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।

दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका हुन्। त्यसअवसरमा सचिव घिमिरेले नेपालको समाजिक आर्थिक विकासमा एडिबीबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता पनि व्यक्त गरे ।

निर्देशक कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडीबीले सघाउँदै आएको बताए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : ३७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित