न रहे बाँस ,न बजे बाँसुरी भन्ने अवस्थामा लाईफ ईन्स्यारेन्स कर्पोरेशन लिमिटेड पुगेको छ।
लाईफ ईन्स्योरेन्स कर्पोरेशन लिमिटेड (एलआइसी)मा निरन्तर बीमितहरूले बीमा रकम सरेन्डर गर्दै गएका छन् । बीमा व्यापार भन्दा सरेन्डर भुक्तानी गर्नेहरूको संख्या ह्वात्तै बढेपछि पब्लिक कम्पनीको हालत यस्तो भएको हो।
२०५८ सालमा पब्लिक कम्पनीको रूपमा स्थापित यश बीमा कम्पनीमा अनिश्चितकालीन आन्दोलनको चेतावनी दिइएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको पेशागत अभिकर्ता संघ बीमक समितिले शनिबार अभिकर्ता भेला गरेर आइतबारदेखिको आन्दोलनलाई चर्काउने धम्काएको छ।
राजनीतिको दुषित हावाले थिलथिलो भएको कम्पनीलाई रेडजोनमा धकेलिएको छ।नयाँ व्यापारभन्दा सरेन्डरको भुक्तानी बढ्दै गएको बेला अभिकर्ताले आफ्नो सुविधा खोसिएको भन्दै उनीहरूले अनिश्चितकालीन आन्दोलन गर्न लागेका हुन्।
बीमक समिति सचिव अमन श्रेष्ठका अनुसार दिउँसो १ बजे नक्सालस्थित इन्स्योरेन्स शाखा नजिकै अभिकर्ता भेला आह्वान गरिएको छ। इन्स्योरेन्स व्यवस्थापनले साबिकको बीमालेख बिक्री बन्द गरेर महँगो बीमाशुल्कमा न्यून बोनश दर सहितको बीमालेख प्रचलनमा ल्याउन लागेकोमा उनीहरूको आपत्ति हो।
पब्लिक कम्पनी डुबेर खरानी बन्ने अवस्थामा पुगेको बेलामा अभिकर्ताहरूले साबिकको बीमालेख बिक्रीलाई निरन्तरता दिनुपर्ने र बोनश दर वृद्धि गर्नुपर्ने माग अघि सारेका हुन्।
संघका अनुसार इन्स्योरेन्स व्यवस्थापनले पछिल्लो समयमा बीमितको बोनश दर कटौती गरेको छ। महँगो बीमाशुल्कमा नयाँ बीमा योजना प्रचलनमा ल्याउने थालेको छ।र, अभिकर्ताको सेवा सुविधामा कैंची चलाउने काम गरिरहेको छ।
महँगो बीमाशुल्कमा अन्य कम्पनीभन्दा थोरै बोनश दर प्राप्त हुने बीमालेख बिक्री गर्न नसकिने भन्दै संघले चेतावनी दिएको हो।संघले माग पुरा गराउन दबाब मूलक कार्यक्रम अन्तर्गत देशैभर आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। बीमालेख बिक्री समेत ठप्प पार्ने उनीहरूको आन्दोलनको रूपरेखा छ।
इन्स्योरेन्सले प्रचलनमा ल्याउन लागेको नयाँ सावधिक जीवन बीमा योजना र बीमितको बोनश दरका कारण बीमित र अभिकर्तालाई असर परेको दाबी गरेका छन्।अभिकर्ताहरूले बोनसदर रु। ४० मा झरेपछि देशैभर आन्दोलन गर्न लागेका हुन्।
बीमित र अभिकर्ता दुबैको हितको संरक्षणका लागि संघले अघि सारेको माग पुरा गराउन देशैभर दबाबपूर्ण आन्दोलन गर्न लागिएको हो।