१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एनपीएल विजेतालाई एक करोड ११ लाख राशीको पुरस्कार


१५ मंसिर २०८१, शनिबार  



नेपाल प्रिमियर लिग (एनपील) को विजेताले एक करोड ११ लाख पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विजेताले १ करोड ११ लाख पाउँदा उपविजेताले ५५ लाख पाउने जनाएको छ । तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने भएका छन् ।

यस अघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । शनिबार उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता भएको थियो । त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो ।

उद्घाटनसत्र अघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए । ८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १२ : ३९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित