घाेराही उपमहानगरपालिका भित्रका मुल सडकका खाल्डाखुल्डी पुर्न घाेराही उपमहानगरपालिका प्रवक्ता राममणी पाण्डे जेसीबी र टिपरसहित सडकमा निस्किएका छन् ।
बुधबार उनी जेसीबी र टिपर लिएर सडकका डरलाग्दा खाल्डाखुल्डी पुर्न निस्किएका हुन्।
वर्षातका कारण बिग्रिएका घोराही बजार क्षेत्रमा खाल्डाहरू प्रवक्ता पाण्डेको अगुवाइमा उपमहानगरपालिकाले खाल्डा पुर्न थालेको हो ।
मुख्य रूपमा घोराही उपमहानगरपालिका वडा नं. १५ काे सडक विभागको ओरालोमा ठूला खाल्डा परेका थिए । त्यस्तै, नेत्रलाल चोक लगायतका स्थानमा पनि खाल्डा परेका थिए । ती सबै खाल्डाहरूमा छर्री हालिएको छ । यश विषयमा प्रवक्ता पाण्डे भन्छन् , “यो हाम्रो कुनै पूर्वनिर्धारित बजेटअनुसार भएको काम होइन,‘वर्षात र सवारी साधनको चापले खाल्डाहरू परेपछि पुरिएको मात्रै हाे।”
घोराही उपमहानगरका भित्री सडकहरूको गुणस्तर राम्रो भएपनि लमही–घोराही–तुलसीपुर सडक निर्माण प्रारम्भ भएको लामो समयसम्म पनि निर्माणको काम नहुँदा अलपत्र अवस्थामा परेको छ । ‘यो खण्ड संघीय सरकारले हेर्ने योजना हो, हाम्रो बजेटले यति ठूलो आयोजना पूरा हुन सक्ने कुरा पनि भएन,’ पाण्डेले भने, ‘घोराहीका बजारभित्रका सडक र ग्रामीण क्षेत्रहरूमा हामीले धमाधम कालोपत्रे र गुणस्तर वृद्धि गर्ने काम गरिरहेका छौं ।’
चारलेन सडक विस्तार गर्न भन्दै सरकारले याेजना अघि सारेपनि अधुरै रहेको छ। यसका नाममा राजनीति भएपनि चारलेन सडकले धेरैकाे ज्यान खाईसकेकाे छ, भने सर्वसाधारणाको लागि नर्क जस्तै छ।








