२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नबिल बैंकका सीईओकाे तलब भत्ता झण्डै अढाइ कराेड, करिब ५० प्रतिशतले वृद्धि !


२८ मंसिर २०८१, शुक्रबार  



नेपालकाे ‘क’ वर्गकाे बैंक हाे, नबिल बैंक ।यश बैंकका सीईओकाे तलबभत्ता पनि ‘क ‘ वर्गकाे छ।

यश बैंकका प्रमुख कार्यकारी अधिकृत ( सीईओ)लाई बैंकले गएको आर्थिक वर्षमा आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड ३६ लाख ५ हजार ७८३ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।

यो तलब अघिल्लो आर्थिक वर्षको अवधिको तुलनामा करिब ५०% बढी हाे।यश अघिल्लो आ र्थिक वर्षमा बैंकले सीईओलाई १ करोड ५९ लाख २० हजार ६३३ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

बैंकले सीईओलाई खुद तलब बापत १ करोड ३२ लाख ५३ हजार २२६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । यस्तै अन्य लाभ तथा सुविधा बापत ९५ लाख ५७ हजार ३६३ रुपैयाँ भुक्तानी गरेको छ । यो तलब भत्ता बापत सीईओले राज्यलाई ३९ प्रतिशत कर तिरेका छन् ।

यस्तै बैंकले सञ्चालकहरूलाई १ करोड २१ लाख ९३ हजार २९० रुपैयाँ भुक्तानी गरेको छ । बैठक भत्ता बापत ५३ लाख १५ हजार र भ्रमण खर्च, बसोबास खर्च तथा अन्य खर्च बापत ६८ लाख ७८ हजार २९० रुपैयाँ खर्च गरेको छ ।
बैंकका अनुसार भुक्तानी गरिएको भत्तामा पत्रपत्रिका तथा सञ्चार खर्चबापत भुक्तानी गरिएको रकम समेत समावेश गरिएको छ ।

अन्य खर्चमा नेपालमा बसोबास नगर्ने सञ्चालकहरू बैठकमा सहभागी हुन नेपालमा आउँदा लागेको भ्रमण खर्च, बसोबास खर्च तथा दैनिक भ्रमण भत्ताको सोधभर्ना रहेको बैंकले जनाएको छ । बैंकको अध्यक्षमा उपेन्द्र प्रसाद पौडेल रहेका छन् भने सञ्चालकहरुमा निर्वाण कुमार चौधरी, मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला र सइद मन्सुर मुस्तफा रहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : ४१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित