४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

युएस–एडको नेपालमा ‘धर्मान्तरण धन्दा’, पर्दाभित्र ‘पत्रकारदेखि चर्चित कलाकार’ !


२८ माघ २०८१, सोमबार  


अति भएपछि खती हुन्छ भन्ने नेपाली उखान फेरि चरितार्थ भएको छ, यस उखान को चरितार्थ भएको विषय हो, नेपालमा पर्दाभित्र भइरहेको धर्मान्तरणको धन्दा। तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीले स्थापना गरेको युएस एडको नेपाल धन्दाको खुलासा प्रष्टसंग अमेरिकी सत्तामा ट्रम्म दोहोरिएपछि भएको हो ।

जब अमेरिकी राष्ट्रपतिको लागि गएको जनवरी २० मा ट्रम्पले सत्ता सम्हाले तब विश्वभर धर्मान्तरको धन्दाको पर्दा पनि विस्तारै उघारिएको हो । यस संस्था सन १९६२ मा तत्कालीन अमेरिकी राट्रपति केनेडीले अमेरिकी सेना नपुगेको स्थानमा युएस एड पुग्ने छ भनेर स्थापना गरेका थिए। गरिबी उन्मलुनदेखि विपत्तिसम्मका काम गर्ने गरी विश्वभर विस्तार गरिएको थियो, युएस एड नामको अमेरिकी संस्था । जसले नेपालमा पनि थुप्रै लगानी गर्दै आएको थियो । स्थापना कालमै केनेडीको अभिव्यक्तिबाटै प्रष्ट हुन्छकी यो संस्था विना बर्दीको अमेरिकी लडाका संगठन हो । मानवीय सेवा र उद्दारका लागि भनिएपनि यसको भित्री उदेश्य धर्मान्तरको धन्दा नै हो भन्न अब गाह्रो देखिन्न ।

संसार भर अर्थराजनीतिदेखि सांस्कृतिक अतिक्रमणमा अमेरिका सफल हुँदै आएको छ। अर्थराजनीति भन्दा बलियो हतियार सांस्कृतिक अतिक्रमणलाई ठानिएकोले यस उदेश्य पूरा गर्न नेपालमा आइएनजिओ र एनजिओमार्फत यस्ता धन्दा हुँदै आएका छन्। नेपालम धर्मनिरपेक्षताको मुद्दा नउठेपनि मन्द तरिकाले संविधानमै लिपीवद्ध गरिएपछि धार्मिक द्वन्द्व फैलाउन सकिने उदेश्यले अभिप्रेरित देखिन्छ। त्यसका लागि समाजम मसिनो गरी छिर्ने र धर्मप्रतिको वितृष्णा फैलाउने उदेश्यले काम गरेको पाइन्छ। त्यसका लागि राजनीतिक पर्दामा नदेखिएका सेलिब्रेटी भनिएकाहरुलाई उपयोग गरिएको छ।

जसमा चर्चित मह जोडीदेखि पत्रकार महासंघ पूर्व अध्यक्ष धर्मेन्द्र झा र दिलभुषण पाठकहरुको नाम सन्जालभरि भाइरल भइरहेको छ। मह जोडीले आफूहरुको विरुद्धमा गलत र भ्रामक खबर सम्प्रेषण भएको भन्दै चर्काे स्वरमा बचाउ गरिरहेका छन्। जबकी उनीहरुले निर्माण गरेको जातीय विभेदका टेलिसिरियलहरुमा दमदार प्रस्तुति देखिन्छ । ती सिरियलहरुमा युएस एडले सिधा लगानी गरेको छ। हामीले अक्सर गरेर हेरेका फिल्महरुमा यस्ता सामग्री घुसाइएका हुन्छन्।तर, दर्शकले त्यसलाई त्यत्ति हेक्का राखेको देखिन्न। सबैलाई लाग्दछकी यो कथाले मागेको हुनुपर्छ। तर,वास्तविकता त्यो हुन्न। बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन ती फिल्महरुमा घुसाइएको हुन्छ। दर्शकले फिल्मको मजासंगै ती प्रचार सामग्री पनि दिल दिमागमै पुग्ने गर्दछ।

कोकाकोलादेखि फेयर एण्ड लब्बी क्रिमहरुको प्रचार सामग्री फिल्महरुमा उत्तिकै राखिएका हुन्छन्। बहुराष्ट्रिय कम्पनीहरुले निर्मातालाई पहिल्यै खरिद गरेका हुन्छन्। यस्तो कला फिल्म क्षेत्रमा मात्रै होइन। फूटबल प्रतियोगिताहरुमा पनि सेलिब्रेटी खेलाडीको उपयोग गरेर प्रचार गरेका हुन्छन्। त्यसको एउटा ज्वलन्त उदाहरण केही वर्ष अगाडिको सन्दर्भ हो । जतिबेला फुटबल खेलाडीको पत्रकार सम्मेलन भइरहेको थियो । त्यत्तिबेला खेलाडीको टेबुलमा कोकको बोतल राखिएको थियो । तपाई हामीले हेर्दा सामान्य नै लाग्यो। खेलाडीले पिउनलाई अगाडि राखेको होला भनेर हामीले त्यत्ति ध्यान दिएनौ र दिन्नौ पनि । माथि चर्चा गरिएजस्तै त्यस सन्दर्भमा कथाले मागेको होला भनेर बेवास्ता गर्ने गर्दछौ । तर, त्यस कोकको बोटल रोनाल्डोले हटाउँदा रडाको नै मच्चिएको थियो । हो, त्यस्तै हो, नेपालमा युएस एडको मानवीय सहायताको सहयोग पनि । हेर्दा सामान्य लाग्ने तर,उदेश्य बहुराष्ट्रिय कम्पनीहरुको जस्तै धर्मान्तरणको धन्दा ।

यसैको लागि उनीहरुले साहित्यकार, कलाकार पत्रकार इतिहासकार सबैलाई एउटा –एउटा कार्यक्रम दिएका हुन्छन्। कसैले उपन्यासको माध्यमबाट, कसैले इतिहासको प्रसंग झिकेर, कसैले फिल्म टेलिफिल्मको माध्यमबाट जुन संस्कृति जुन धर्म प्रति आस्था र विश्वास गरिरहेको हुन्छ त्यसप्रति कटाक्ष हान्ने, विगतमा भएको कुसंस्कारलाई कथा वस्तु बनाएर उपन्यासमा उधिनेर पाठक माझ पुर्‍याउने, सम्मानित पण्डित तथा धर्म गुरुलाई जोकर बनाएर उडाउने गरिएका हुन्छन्।सनातनी धर्मप्रति वितृष्णा फैलाउनका लागि समाजमा गलत भाष्य निर्माण गरे र गरिरहेका छन्।। त्यसका लागि कथित सेलिब्रेटीहरुलाई डलरको मोह देखाएर उपयोग गर्ने र समाजको भित्री पत्रमा पसेर सनातनी संस्कारलाई सर्वथा गलत देखाएर इशाइकरण गर्न उनीहरु लागे अहिले पनि लागिरहेका छन्। कथित साहित्यकारदेखि पत्रकार अनि कलाकारले मोटो रकम लिएर उनीहरुको उदेश्यमा धेरै सघाए । मह जोडीदेखि पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाहरुको नाम जोडिएपनि उनीहरु चुपचाप छन्। महासंघलाई सधै ससुराली दाइजो झै उपयोग गर्दै आएका झा कांग्रेसी बगैचामा उत्पादित पत्रकार हुन् ।राजेश हमालको जात कार्यकक्रम समेत यही संस्थाको अनुादनमा संचालित भएको हो ।

यस विषयमा मोहन लामा रुम्बा सामाजिक सन्जलमा लेख्छन्, ‘व्यथा पेटको कथा डलरको’ । उनले जसरी बहुराष्ट्रिय कम्पनीहरुले अधिकांश फिल्ममा आफ्नो विज्ञापन घुसाएका हुन्छन् , त्यसैगरी युएस एडले पनि नेपालमा कथाले मागेको भन्दै फिल्मी शैलीमा धर्मान्तरण गरेको दाबी गरेका छन्। उनले नेपालमा पचास हजार लामा , तीस हजार पास्टर र १० हजार भन्दा बढी मुल्ला भएपनि कथाले कहिल्यै तिनीहरुको माग नगरेको सन्जालमा चर्चा गरेका छन्। हो, मोहन लामा रुम्बाले भने जस्तै नेपालमा धर्मान्तरणलाई मन्द गतिमा व्यथा पेटको देखाएर कथा डलरको बनाइएको छ।

यद्यपि हाम्रो कतिपय संस्कारभित्र गलत प्रथा छन्। त्यस्को अन्त्य गर्न जरुरी नभएको पनि होइन ।तर, हाम्रै बल बुताले हल गर्दै जाने हो । शिक्षामा जागरण ल्याएर यस्ता गलत प्रथा हट्दै पनि जान्छन् र गएका पनि छन्। चन्द्र शम्शेरले सति प्रथाको अन्त्य गर्न अमेरिकी तथा युरोपियनहरुको अनुदान लिएका थिएनन्। कसैको अनुदान नलिएर पनि त हाम्रो समाजमा रहेका कुरितिहरु हट्दा रहिछन् भन्ने यो एउटा उदाहरण हो तर, नेपालमा धर्मप्रतिको घृणा फैलाएर इशाइकरण गर्न ठूलो लगानी गरिएको विषय अब नौलो रहेन । नेपालको गरिबी र विपन्नताको मनोविज्ञानमा खेलेर साढे चार सय वर्ष अघिको उदेश्य पूरा गर्न आइएनजिओ र एन्जीओमार्फत नेपालमा ठूलो लगानी गरिएको हो ।


अमेरिकी राष्ट्रपतिमा ट्रम्प आएपछि यस्ता विश्वभर धर्मान्तरको धन्दा फैलाउने युएस एड तत्कालका लागि बन्द भएको छ। ट्रम्पको उदेश्य अर्कै होला।तर, नेपाल जस्ता विपन्न मुलुकको समाजका लागि निकै घातक बनेका यस्ता विदेशी कार्यक्रम बन्द भएपछि धेरैले स्वागत गरेका छन्। एनजिओ र आइएनजिओको नाममा समाज भाँड्ने धन्दामा कमी आउने भएपछि यसप्रति सकारात्मक धारणा बनेको हो ।

यस विषयमा डा.युवराज संग्रौलाले सामाजिक सन्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन्, उनले ट्रम्प प्रशासनलाई धन्यवाद भन्दै उनले युएस एडका नाममा नेपालमा भित्रिने करिब ८० अर्ब ९० दिनका लागि बन्द भयो । यति ठूलो रकम कहाँ र कसरी खर्च हुन्थ्यो भन्ने पनि थाहा थिएन । त्यस मध्येको पाँच लाख डलर धर्ममाथिको विश्वास समाप्त पार्न खर्च गरिने रकम थियो । यी र यस्ता धन्दा गर्दै आएका एनजिओको बेहाल भो, यो रकम झुठो अफवाह फैलाउन पत्रकारलाई पनि बाडिन्थ्यो । अमेरिकाले उसको रणनीति कार्यान्वयन गर्ने नै भयो। तर, त्यो रकम लिएर देश विरुद्ध काम गर्नेहरुलाई अलिकति पनि लाज लाग्छकी लाग्दैन भनेर प्रश्न गरेका छन्। उनले सात बुँदासहित त्यस्ता मानिसहरुको नकाव उतार्नुपर्ने भन्दै सबैलाई आवाज बुलन्द गर्न आह्वान समेत गरेका छन्। तर, ती नकचराहरुले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। मुलुकको सांस्कृति अस्त्वि नामेट पार्न विदेशीको हुण्डी खानेहरुका विरुद्ध जेहाद छेड्न ढिला गर्नुहुदैन ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ४१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित