करिब एक महिना सडक तताएका शिक्षकहरू यति संवादलाई जोड दिइरहेका छन् ।
अनिश्चितकालीन सडक संघर्षबाट तात्विक उपलब्धि आउने नदेखेपछि उनीहरू संवादलाई प्राथमिकता दिन थालेका हुन्।

मंगलबार राति अबेरसम्म सरकारसंग संवाद गरेका उनीहरू बुधबार फेरि वार्तामा जुट्ने भएका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरूको सडक संघर्षमा शिक्षक सहित पत्रकार घाइते भएपछि उनीहरूमाथि दबाब बढेको हो।
भर्नाको सिजनमा विद्यालयमा ताला ठोकेर आ न्दोलनमा निस्केका उनीहरू संवादवाट समस्या सल्टाउने रणनीतिमा छन् । आफना माग सत प्रतिशत पूरा नगरेसम्म सडक नछाड्ने बताएका उनीहरू पछिल्लो निरन्तर संवादमा छन् ।

मंगलबार राति अबेरसम्म सम्वादमा रहेका उनी बुधबार सरकारसंग वार्ता गर्दै छन् । आन्दोलनरत शिक्षक सरकार र शिक्षकहरूबीच आज (बुधबार)पनि वार्ता हुने भएको छ ।
सुरूमा आन्दोलनरत पक्ष आन्तरिक बैठक बसेर सरकारसँग वार्तामा बस्नेछ । शिक्षकको आन्तरिक बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।
आन्तरिक बैठकपछि दिउँसो २ बजे सरकार र शिक्षकबीच वार्ता हुनेछ । यस बैठकमा सहमति हुने दाबी गरिएको छ ।
मंगलबार राति भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् । सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तसहित महासंघका पदाधिकारीबीच वार्ता भएको थियो ।
नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले बुधबार बैठक टुंगोमा पुग्ने बताएका थिए ।
महासंघले सरकारसमक्ष नौबुँदे प्रस्ताव पेस गरेको छ । उक्त मागमा छलफल भइसकेको छ ।
महासचिव थापाका अनुसार, हस्ताक्षरपछि आन्दोलनको स्परुप परिवर्तन हुनेछ । आन्दोलनको स्वरुप कस्तो हुने शिक्षकको आन्तरिक बैठकले निर्धारण गर्नेछ ।
यस्ता छन् , शिक्षकका प्रमुख माग
महासंघले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलबको सुनिश्चितता, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, दुर्गम भत्ता व्यवस्था गर्ने, शिक्षकहरूको ग्रेड समायोजन गर्ने, मर्यादा क्रममा शिक्षकहरूलाई समेट्ने, शिक्षकको उपचारमा छुटको व्यवस्था गर्ने, निमावि प्रथम र मावि द्वितीयको तलबमा एकरूपता ल्याउने विषय शिक्षक महासंघले वार्तामा उठाएको छ ।

शिक्षक तथा विद्यालय कर्मचारीरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।