२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

सुत्केरीको मृत्यु भएपछि वडाध्यक्ष कार्कीबाट शिशुको पालनपोषण


३० आश्विन २०८१, बुधबार  


प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले नवजात शिशुको संरक्षण गर्ने भएका छन् ।
माण्डवी गाउँपालिका वडा नम्बर ३ आपचौरकी केशरी घर्तीको सुत्केरीको अवस्थामा मृत्यु भएपछि शिशुको पालनपोषणको जिम्मा आफूले लिएको वडाध्यक्ष कार्कीले लिएको बताएका छन् ।

मृतक केशरी घर्ती माण्डवी ३ आपचौर निवासी बुद्दिराम पुनमगरकी श्रीमती हुन् । श्रीमान् र श्रीमती केशरी घर्तिमगर रोजगारको सिलसिलामा भारतमा रहेका थिए।आर्थिक अवस्था कमजोर भएका बुद्धिरामको श्रीमती केशरीको सुत्केरी भएको १ घण्टामा मृत्यु भएको थियोे ।उनले छोरालाई जन्म दिएकी थिईन्। छोरा जन्मेको १ घन्टा पछि उनको मृत्यु भएपछि शिशुको पालन पोषणका लागि उनले सहयोग गर्ने भएका हुन्।

वडांध्यक्ष कार्कीले आफुले पाउने सेवासुविधावाट ६ महिनासम्म वच्चाको पालनपोषणको लागि सघाउन थालेका हुन्। एमालेबाट निर्वाचित वडाध्यक्ष कार्कीले यश अघिका दिनमा पनि मानवीय सेवा गर्दै आ एका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १२ : ४२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित