४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

शिक्षाको रुख बदल्न ‘कर्णाली बहस’


५ बैशाख २०८२, शुक्रबार  


सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान जारी छ ।

कर्णालीमा शैक्षिक गुणस्तर उकास्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्न एक्स्पोको आयोजना गरिएको हो ।

कर्णाली प्रदेसका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक्स्पोको उद्घाटन गर्दै कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक नभएको बताए । एक्स्पोका लागि शुभकामना दिँदै मन्त्री भण्डारीले शिक्षामा बहस भन्दा फिल्डमै गएर काम गर्नुपर्ने सुझाव दिए।

एक्स्पोको उदघाटनका क्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकूलपति प्रा।डा। नन्दबहादुर सिंहले कर्णालीमा शिक्षाका विषयमा बहस थालनी गर्न कर्णाली एजुकेसन एक्स्पो आयोजना गरिएकोमा खुसी व्यक्त गरे ।

कर्णाली विकास केन्द्रका अध्यक्ष नविन जैसीको अध्यक्षमा भएको शैक्षिक मेलामा डा। सिंहले आजको संसार शिक्षा र ज्ञानको संसार भएको र शिक्षा र ज्ञान विना जिन्दगी अधुरो हुने उल्लेख गर्दै आजका युवाहरुले सोच्नु पर्ने बताए ।र उनले भने, “सपना ठूलो बनाउन सिक्नुपर्छ, जसले सपना देख्दैन उसले गन्तव्य पहिल्याउन सक्दैन ।”

कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र भण्डारीले एक्स्पोको सफलताको शुभकामना दिँदै यस्ता बहसले गुणात्मक शिक्षाको पहुँच विस्तार गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

एक्स्पोको पहिलो दिन अब “कर्णाली जाग्छः शिक्षामा पुनर्विचार, भविष्यको पुनर्निर्माण” शीर्षकमा बहस पनि सम्पन्न भएको छ । यश बहसमा विज्ञका रुपमा प्रडा नन्दबहादुर सिंह, कृषि शिक्षाका विज्ञ तथा कृषि अनुसन्धानकर्ता धनेश थापा, अभ्यासकर्ताका रुपमा श्री कृष्ण मावि इत्राम सुर्खेतका पूर्व प्रधानाध्यापक गेहेन्द्र दाहाल प्यानलिस्टका रुपमा रहेका थिए ।

एक्पाेका सहभागीहरू


सेसनको सहजीकरण पत्रकार प्रभात चलाउनेले गरेका थिए । अहिलेसम्म अभ्यास गरिएको शिक्षा प्रणालीलाई बदल्न कर्णाली अब जाग्नुपर्ने, कर्णालीवासीको जीवनस्तर उकास्न प्रत्यक्ष सहयोग पुग्ने शिक्षा पाठ्यक्रमा समावेश गर्नुपर्ने र नेपाली भाषा, साहित्यको उदगम थलो प्राकृतिक, सांस्कृतिक रुपमा सम्पन्न कर्णालीको समृद्ध भविष्य पुनर्निर्माण गर्नुपर्नेबारे छलफल भएको थियो । परम्परागत शैक्षिक अभ्यासमाथि बहस गर्नु सान्दर्भिक छ कि ,छैन भन्ने प्रश्नबाट सुरु भएको छलफलमा चुनौतिहरू के छन्? निर्धारित पाठ्यक्रम कतिको उपलब्धिपूर्ण छ, शिक्षा बदल्न के गर्नुपर्छ? कसरी सम्भव छ ? र कर्णालीले कस्तो किसिमको शिक्षा प्रणाली र पाठ्यक्रम अभ्यास गर्नुपर्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।


बैशाख ३ गतेदेखि सुरु भएको एक्स्पो ३ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । कर्णाली विकास केन्द्रको आयोजनामा सुरु भएको एक्स्पोमा विभिन्न क्षेत्रका विज्ञ, अभियन्ता, अभ्यासकर्ताको प्रस्तुति तथा सहभागीता रहेको छ ।


कर्णाली विकास केन्द्रका अध्यक्ष नविन जैसीले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र सान्नी त्रिवेणी गाउँपालिका कालिकोटको सहकार्यमा एक्स्पो आयोजना गरिएको जानकारी दिँदै यसले कर्णालीको नयाँ शैक्षिक गन्तव्य सुरुवात गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ८ : ४२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित