४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

मंसिर १२ भित्र बक्यौता नतिरे फेरि लाईन काटिन्छ: विद्युत प्राधिकरण


२९ कार्तिक २०८१, बिहिबार  


नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत बापतको कब्यौता तिर्न उद्योगीलाई १५ दिनको समयसीमा तोकेको छ ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सरकारले दिएको १५ दिनभित्र बक्यौता तिर्न आउन भनेको हो । यदि उक्त समयभित्र पनि बक्यौता नबुझाए फेरि लाइन काट्न बाध्य हुने चेतावनी प्राधिकरणले दिएको छ ।

सूचनामा भनिएको छ’–‘२०७२ माघदेखि २०७५ नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत बापतको कब्यौता तिर्न उद्योगीलाई १५ दिनको समयसीमा तोकेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सरकारले दिएको १५ दिनभित्र बक्यौता तिर्न आउन भनेको हो । यदि उक्त समयभित्र पनि बक्यौता नबुझाए फेरि लाइन काट्न बाध्य हुने चेतावनी प्राधिकरणले दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत बापतको कब्यौता तिर्न उद्योगीलाई १५ दिनको समयसीमा तोकेको छ ।अतः उक्त बिलअनुसारको बक्यौता महशुल १५ दिन अर्थात २०८१ मंसिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ ।’ प्राधिकरणले ८ कात्तिकमा महसुल नतिर्ने तीन दर्जन हाराहारी उद्योगको लाइन काटेको थियो ।

सरकारले पटकपटक लाइन जोड्न दबाब दिए पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नउठाई विद्युत नजोड्ने अडान लिए । यहीबीच यही कार्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले १५ दिनभित्र विद्युत महसुल उठाउने गरी लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

उक्त निर्देशनअनुसार प्राधिकरण सञ्चालक समिति बैठकले २७ कात्तिकमा गद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको थियो । मंगलबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगको फेरि लाइन काट्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ८ : ४३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित