८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

घोराही -तुल्सीपुर जोडेर महानगर बनाउने दलका नेताको सपना,आगो निभाउने छैन,भरपर्दो दमकल


१० चैत्र २०८१, सोमबार  


सोमबार बिहानै घोराही १० नारायणपुर खैरामा अवस्थित प्लाइ उद्योगमा अचानक आगो लाग्यो ।आगलागिको कारण खुलेको छैन। तर, १२ घण्टाको अवधिमा पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

भौगलिक सुगमतासंगै फराकिलो सडकले दमकल सहजै पुग्न सक्छ। र पुगेका पनि छन् ।छिमेकी पालिकाको दमकल थपिदा पनि आगो नियन्त्रणमा आउन सकेको छैन।

सम्भवतः देशकै दोश्रो ठूलो प्लाइउड हो, साग्रिला प्लाइ उड।सयौलाई रोजगारी दिएको उद्योगले जल्दा निभाउन दमकल पर्याप्त छैन।

दलका नेताहरू घोराही तुल्सीपुरलाई जोडेर महानगर बनाउन बहस थालेका छन् । न्यूनतम पूर्वाधार पनि पर्याप्त नभइ शहर उन्मुख नगरहरू महानगर बन्न र बनाउन सम्भव होला?

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ३ : ४३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित