बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।
सुन बिहीबार तोलामा दुई हजार चार सय घटेर तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य बिहीबार तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८१ अमेरिकी डलर पुगेको छ । त्यस्तै, चाँदी प्रतिऔंस ३९ सय ७ अमेरिकी डलर पुगेको छ ।








