२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

पूर्व उर्जा मन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ !


१५ चैत्र २०८२, आइतबार  


नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको बताइएको छ ।

उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका अनुसार पूर्वमन्त्री खड्का पक्राउ परेका हुन्। खड्का विवादास्पद पूर्व मन्त्री हुन्।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ८ : ४५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित