२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

अविरल वर्षातले ६२ जनाकाे मृत्यु, ३६ घाईते र ४३ जना बेपत्ता !


१२ आश्विन २०८१, शनिबार  


अविरल वर्षाकाे कारण देशभर ६२ जनाकाे मृत्यु भएको छ, भने ३६ जना घाइते भएका छन् । शनिबार बेलुकी ६ बजेसम्म नेपाल प्रहरीलाई प्राप्त विवरण अनुसार ४३ जना बेपत्ता भएका छन् ।

वर्षातका कारण बाढी तथा पहिरोमा परेका १४ सय ५६ जनाको उद्दार गरिएको छ ।बाढीका कारण काठमाडौ उपत्यकामा मात्रै १९ सय घर डुबानमा परेको प्रहरीले बताएको छ।


बिहीबारदेखि परेको अविरल वर्षाले मानवीय क्षतिका साथै भाैतिक नाेक्शानी पनि उत्तिकै भएको छ। याे खबर सामग्री तयार पार्दासम्म देशभर १ सय सडक अवरुद्ध भएका छन् । बाढीले पुल बगाएको छ, भने अधिकाँश स्थानमा सडकमाथिबाट पहिराे खसेर अवरुद्घ भएको हाे।

झरीका काठमाडौ भित्रीने सबै राजमार्ग ठप्प छन्् । उपत्यकामा डुबानले हजारौंको विचल्ली भएको छ। समयमै सरकारले उद्दारमा पहल गर्न नसकेको भन्दै सर्वसाधारण सरकारमाथि खनिएका छन।

जल तथा माैसम विज्ञान विभागले सम्भावित जाेखिमकाे चेतावनी दिदै आएपनि सरकारी निकाय सूचना प्रकाशन र प्रसारण गरेरै दिन गनेकाे थियोे ।राजधानी जस्तो स्थानमा समयमै सरकार उद्दारमा खट्न नसकेको देखिनु विपतमा सरकार निकम्मा भएको सञ्जालमा टिप्पणी भईरहृकाे छ।

विपतकाे बेलामा प्रधानमन्त्री अमेरिका भ्रमणमा छन् ।यता कार्यबाहक प्रधानमन्त्री बैठकमै सीमित भए ।यता नागरिकले अनाहकमा ज्यान गुमाए। ४३ जनाकाे अत्तोपत्तो छैन।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ४५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित