माफिया संरक्षण गर्ने तर,गरिब मार्ने माफिया ओली सरकारकाे ठाडो आदेशकाे कुलमान घिसिङले अवज्ञा गरेका छन् ।उनलेे सरकारकाे ठाडाे आदेश नमान्ने भन्दै
नेपाल विद्युत् प्राधिकरणकाे डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने ४४ उद्योगहरुको लाइन काटेका हुन्।
कार्यकारी निर्देशक कुलमान घिसिङको आदेशमा डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल नतिर्ने ४४ उद्योगको लाइन बिहीबार राति काटिएको हो ।
प्रधिकरणले साढे ६ अर्ब बढी महसुल नतिर्ने ४९ उद्योगहरुलाई ८ कात्तिकसम्मको लागि तीन महिनाको समयसीमा तोकेको थियो । यसअघि दशैको फुलपातीका दिन २४ असोजमा प्राधिकरणले सूचनामार्फत नै समयसीमाबारे अवगत गराएको थियौ । तर, उद्योगीले अटेर गरी बक्यौता तिरेनन् ।उक्त समयसीमा बिहीहार राति १२ बजेबाट सकिनेछ ।लाइन काटिनेमा अर्घाखांची सिमेन्ट, कसमस सिमेन्ट,घोराही सिमेन्ट, गोयन्का फुड र बाबा जुट मिल लगायत छन् ।
प्राधिकरणले तीन महिनाअघि पनि ती उद्योगको लाइन काटेको थियो । तर प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा लाइन जोडिएको थियो । यसपटक पनि उक्त विषय
प्रतिनिधिसऱ्भाको सार्वजनिक लेखा समितिमा विचाराधीन रहेको तथा तिहार नजिकिएको भन्दै लाइन नकाट्न प्राधिकरण नेतृत्वलाई दबाब दिइएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बिहीबार बिहान प्राधिकरण सन्चालक समिति बैठकमा लाइन नकाट्न घिसिङलाई निर्देशन दिएका थिए । तर, घिसिङले मौखिक आदेशले नहुने भन्दै मन्त्रिपरिषदबाट निर्णय गरेको लिखित आदेश मागेपछि खड्का आक्रोशित भए ।कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल नतिर्ने उद्योगहरुको लाइन काट्ने अडानबाट पछि नहट्ने अडान लिएको जानकारी गराएका थिए ।