मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा ‘अहिराज’विरुद्ध बालिकालाई करणी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।
२०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख बनेका झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ ९०८१९०८२० ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा ती युवतीको जाहेरी पुगेपछि अनुसन्धान थालिएको प्रहरी उपरीक्षक अपीलराज बोहोराले जानकारी दिए। उनले भने, ुहामीकहाँ जाहेरी आइसकेको छ । यसबारेमा अनुसन्धान अघि बढिसकेको छ। झाविरुद्ध पक्राउ पु्र्जी जारी गराउने प्रक्रिया पनि थालिएको छ।ु
झा विरू्द्ध उनकै घरमा बस्ने घटनाका समयमा नाबालिक भनिएकी पीडितले जबरजस्ती करणी आरोपमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गराउने प्रक्रिया प्रहरीले अघि बढाएको छ।पीडित पक्षले गरेको दाबी पुष्टि हुने आधारहरू अनुसन्धानबाट भेटिने अवस्था भएमा झा तत्कालै पक्राउ पर्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
जाहेरीमा डा। झाले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरबाटै शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । १७ वर्ष भनेको कानुनअनुसार नाबालिकमा पर्छ । यदि सहमतिमै शारीरिक सम्बन्ध भएको पुष्टि भए पनि कानुनले बलात्कार ठहर्ने कानुनका जानकार बताउँछन् ।
अधिकारकर्मीको सहयोगमा पीडित भनिएकी युवतीले २०८१ माघ १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यसपछि यस प्रकरणमा महिला तथा बालबालिका सेवा केन्द्रले अनुसन्धान थालेको हो । यो जाहेरी गएको फागुन ३ गते प्रहरी परिसरमा दर्ता भइसकेको छ ।
अनुसन्धान अघि बढेसँगै प्रहरीले अहिराजविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गर्ने तयारी गरिसकेको छ ।