४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

ज्ञानेन्द्र शाहसंग कति छ सम्पत्ति, कति तिर्छन् कर ?


१७ बैशाख २०८२, बुधबार  


पूर्वराजा ज्ञानेन्द्र शाह ८० वर्षको भए ।१७ वर्ष पहिले गद्दीच्यूत भएका उनी पछिल्लो समय सक्रिय छन् ।

दरबारिया र पूर्व पञ्चका मुख हेरेर राजगद्दी र श्रीपेचका लागि उनले मुख मिठाइ रहेका छन् ।

सत्ता महत्त्वकांक्षाले विरासतको सत्ता अवसर गुमाएका उनी गएको फागुन २५ गतेको भीड देखेर अलि हौसिएका थिए।। प्रसाईं र लिङ्देनका केही मान्छेसंगै पठाओ र ईनड्राईभवालाई तेल र खाजाको जोहो गरेर भीड जम्मा गरिएको थियोे ।

तर,त्यो चैत २५ मा तीनकुनेमा हिंस्रक बनेपछि शाह पनि मौन हन थालेका छन् ।यद्यपि त्यसपछिका दिनमा पूर्व पञ्चलाई निर्मल निवास बोलाएर रात्रिभोज दिएका थिए। प्रसाईं र नवराजलाई कुनै जिम्मेवारी नदिएको लिङ्देन समूहसंगको भेटमा खुलाएका थिए।

लिङ्देन समूहले शाहलाई भेटेर बैशाख ७ गते नयाँ बानेश्वरमा कार्यक्रम गर्यो।तर, सहभागीहरू भएनन्। यसरी पछिल्लो कोशीसबाट पनि नाराणहिटी फर्किने सपना फेरि तुहियो। घरले जा जा वनले आइजा आईजा भन्ने उमेरमा शाहलाई सत्ताको रहर जागेको छ।

शाहलाई नेपालका दशौं धनी व्यक्ति भनेर चर्चा गरिन्छ। यद्यपि उनी कति औं धनी व्यक्तिको सूचिमा पर्दछन्, त्यो भने अहिलेसम्म यकिन छैन।उनी २०६५ सालदेखि पूर्वराजा ज्ञानेन्द्रले श्रीपेच र नारायणहिटी दरबार छाडेर निर्मल निवास र नागार्जुनमा बस्दै आएका छन् ।

राजा वीरेन्द्र र उनको परिवारको २०५८ साल जेठ १९ गते दरवारमा हत्या भएपछि ज्ञानेन्द्रले राजा बन्ने अवसर पाएका । यसअघि नै उनका हजुरबुबा त्रिभुवन २००७ सालमा राणा शासन विरुद्ध भारतमा शरण लिन जाँदा तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई राजा बनाएका थिए ।

बाबु राजा बन्नु अगाडि राजा बने पनि ज्ञानेन्द्रको सक्रिय शासन गर्ने महत्वकाक्षांको कारण नेपालबाट राजतन्त्र समाप्त भयो ।

राजा बन्नु अगाडि ज्ञानेन्द्र व्यवसायमा केन्द्रीत थिए । देशको दशौ अर्बपति भनिएका उनको नेतृत्वमा नै पाँच तारे होटल सोल्टी खुलेको थियो ।सोल्टी होटलमा उनको ४१ प्रतिशत सेयर स्वामित्व छ । सोल्टी होटल पब्लिक लिमिटेड कम्पनी हो । यसमा सर्वसाधारणको समेत सेयर छ भने नेपाल स्टक एक्सचेन्जमा समेत यो सूचिकृत भएकोले कम्पनीले प्रचलित कानुन अनुसार कर तिर्दै आएको देखिन्छ ।

पछिल्लो अनुमानित कारोबार अनुसार सोल्टी होटलको बजार पूँजीकरण २० अर्ब रुपैयाँ रहेको छ । ४१ प्रतिशत स्वामित्वको आधारले पूर्वराजा ज्ञानेन्द्रको ८ अर्ब बराबरको सम्पत्तिको सोल्टी होटलमा छ ।

राजा वीरेन्द्रको परिवारको हत्या भएपछि पूर्वराजा ज्ञानेन्द्रको नाममा भएको सम्पत्ति भने गणतन्त्रपछि सरकारको नाममा आएको छ ।

नेपाल ट्रष्टको नाममा विभिन्न जिल्ला तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको सेयर स्वामित्व ज्ञानेन्द्रबाट सरेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र झापामा गएर बस्ने टि स्टेटपनि उनको नाममा रहेको छ । यसबाहेक सुर्य नेपाल प्रालिको समेत पूर्वराजा ज्ञानेन्द्रको सेयर छ । सूर्य नेपाल प्रालिले वार्षिक ९ अर्ब नाफा कमाउने गर्छ । यसमा नेपाली लगानीकर्ताको समूहको ३९ प्रतिशत सेयर छ ।

नेपाली लगानीकर्तामा पूर्वराजा ज्ञानेन्द्रको सेयर राम्रो परिणाममा रहेको छ । यसबाहेक विभिन्न कम्पनीमा पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारको नाममा सेयर छ । मुख्यरुपमा नाफा कमाउने कम्पनीमा सोल्टी होटल र सुर्य नेपाल प्रालि हुन् ।

यसबाहेक पनि उनीसँग अर्बौंको चलअचल सम्पत्ति भएको बताइन्छ ।यी सम्पत्तिको उनले कर तिरेको अहिलेसम्म थाहा हुन सकेको छैन।यश विषयमा विश्लेषक निर्मल कँडेलले प्रश्न गरेका छन् ।कँडेल सामाजिक सञ्जालमा लेख्छन् , ‘ज्ञानेन्द्र शाहले कर तिर्छन् या तिर्दैनन्, जानकारी हुनेले बतनइदिनुहोला ।’

उनले प्रश्न गरे जस्तै शाहको सम्पत्ति कर, व्यवसायी करका विषय सार्वजनिक भएका छैनन् । यद्यपि सोल्टी र सूर्य नेपालले कर तिरेपनि अन्य शीर्षकको सम्पत्तिको कर तिरेको कतै भेटिएको छैन।


२०६५ साल जेष्ठ २९ गते नारायणहिटी दरबारबाट बाहिरिने बेला उनले आफूमा सम्पत्तिको मोह नभएको बताएका थिए ।नारायणहिटी खाली गराएर बाहिरने बेला उनले पत्रकार सम्मेलनमा आफ्नो संपूर्ण सम्पत्ति नेपालमै रहेको बताएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ४ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित