२०८० मंसिर ७ मा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलन घोषणा गरे। ओली र प्रचण्डको आरिसले गरिएको त्यो आन्दोलन भन्दा पनि प्रतिशोध ओकल्न थियोे । मेडिकल कलेज सञ्चालनको लाईसेन्स नपाएको झोक थियोे ।प्रारम्भमा लघुवित्तलाई तथानाम गाली गर्दै भीड जम्मा गरे।
मार्सीभात प्रकरण नबाहिरिदासम्म उनी खासै चर्चामा थिएनन्। राष्ट्रिय राजनीतिमा सधैं चर्चा र निर्णायक भूमिकामा रहेका ओलीको जति उछितो काढ्यो ,उति सामाजिक सञ्जालमा चर्चा कमाइने उनले बुझेका थिए।दुई चारवटा युट्युबर बोकेर उनले मिथ्या सूचनाको कारखाना चलाए।उनले लगाएका आ रोपहरू अहिलेसम्म पुष्टि भएका छैनन् । आफूलाई विरोध गर्ने व्यक्ति भेटाए उनलाई कपोकल्पित आरोप लगाउँछन् । सामान्य साक्षर भएका उनले आमाको कसम नखाइ केही बोल्दैनन्।
बोलीमा कुनै तमिज नभएका अराजक र उद्ण्ड पात्र प्रसाईंले शुरूमा मारवाडी समुदायको अपमान गर्ने धृष्टता खुबै गरे।अध्ययन र अनुसन्धान विना तथ्यविहिन कुरामा व्यक्तिको बदनाम गर्नु उनको आदत नै बन्यो। सामान्य भैंसी पालेर जिविकोपार्जन चलाएका प्रसाईंले आ फूलाई पाँच अर्बको मालिक ठान्छन् ।धनको उन्माद निकै छ,उनीमा। बैंकको ६ अर्ब ऋण बोकेका उनलाई बैंकलाई चुनौति दिन्छन् ।सधैं धम्काएर र फत्तुर शब्द बोलेर चर्चामा आएका उनी सञ्जालका संक्रमित पात्र मात्रै होईन,समाजका धुन्धुकारी हुन्। उनै कलियुगका धुन्धुकारी यतिबेला तीनकुने हिंसा भड्काएको अभियोगमा थुनमा छन् ।शुरूमा लघुवित्त पीडितको पक्षमा बोलेर केही विश्वास जितेपनि उनी अन्तमा निर्मल निवासको कारिन्दा बनेर गणतन्त्र विरूद्ध धावा बोल्न थाले।
संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको चरम दुरुपयोग गरेर समाज भाँड्न उनी लागि परे। अहिले प्रहरी खोरमा विन्दासका दिन भन्दै फेरि चर्चामा छन् । अस्वभाविक र उत्तेजित चरित्र देखाएर तमासा देखाउने उनको शैली छ। हर शब्दमा उनको अमर्यादित भाषाले सबैलाई लज्जित बनाउँछ। थुना बाहिर रहँदा राजसंस्था भोलि आ उँछ,आ इसक्यो भन्दै सञ्जालमा फेक ईन्फरमेसनको कारखाना चलाएका प्रसाईं निकै चलाख छन् । जन्मदेखि राजा राजा भन्दै आ एका लिङ्देन ,कमल थापा र केशरबहादुर विष्टलाई उछिनेर ज्ञानेन्द्र शाहको पृय व्यक्ति बने। असाध्यै महोत्वकाँक्षी र मानसिक विक्षिप्तता जस्तो देखिने प्रसाईले २० लाखसम्म ऋण मिनाहा गराउने घोषणा गरे।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरू उनै प्रसाईंको लहलहैमा लागे।कुनै पनि राजनीतिक चरित्र नभएको र सामाजिक छवि पनि गतिलो नभएको प्रसाईंले बोलेकै भरमा कसैको ऋण मिनाह हुने संभव थिन र हुन्न पनि। तर,सामान्य चेतनास्तर भएकाहरू प्रसाईंले बोलेकै भरमा ऋण मिनाह हुन्छ भनेर भ्रममा परे। तर, प्रसाईं आ फै ५ अर्ब ऋणको भारी बोकेका पात्र भएको बुझ्दै गएपछि उनको चरित्र थाहा भयो । केही झुन्ड बोकेर प्रसाईं देशभर दौडिए। कुनै कार्ययोजना नभएका प्रसाईंले सडक तताउनु बाहेक कुनै उपलब्धि भएन। प्रारम्भमा राजसंस्थाको विषय सुन्न पनि चाहान्नथे प्रसाईं। राजा संस्था फर्किने कुरा अकल्पनीय भएको उनका अभिव्यक्ति सञ्जालमा छ्यापछ्याप्ति छन् ।आफ्नै विगतमा बोलेका बोलीलाई शर्माउने गरि प्रसाईं राजसंस्था फर्काउन भन्दै हिड्न थाले। आ फ्नै बोली र चरित्र ठेगान नभएका प्रसाईंले गएको चैत १५ गते तीनकुनेमा विध्वंस मच्चाए।
बंगलादेश र श्रीलंका जस्तै नेतालाई भगाउने भन्दै सडकमा पुगे ।सडकमा पुगेका उनले आफ्ना अनुयायीहरूलाई कासन दिए। कमान्डरको कासन अनुसार लुटपाट ,आगजनि व्यक्ति हत्या र तोडफोड गरे।यस्तो विध्वंस मच्चाएर भागेका प्रसाईंलाई चैत २९ गते पक्राउ परेर झ्यालखानामा छन् । उनकै लहडमा राजा फर्काउन हिडेका रवीन्द्र मिश्र र नेपालगन्ज उपमहानगरपालिका प्रमुख हुँदा राम्रो छवि बनाएका धवल शमशेर विध्वंसात्मक क्रियाकलापको मुद्दामा प्रहरी थुनामा छन् ।
प्रसाईंले अदालत लैजाँदा होस् या आफन्त भेट्न जाँदा अन्टसन्ट बोलेर प्रहरीलाई हैरान पार्ने गरेका छन् । हिरासत बसाइँ विन्दास भन्दै आएका प्रसाईंले नेताहरूलाई धम्की दिन छोडेका छैनन् ।उनको आचरणमा कुनै सुधार नभएको सम्वद्धहरू बताउँछन् । उनलाई राप्रपाका कुनै पनि नेता भेट्न गएका छैनन् । जबकि मिश्र र धवललाई भेट्न लिङ्देनसहितका नेता पुग्ने गरेका छन् ।
उनैको रिहाइको माग गर्दै राप्रपाले बैशाख ७ फेरि आन्दोलन गर्न थालेको छ।गणतन्त्रको पूर्व उपप्रधानमन्त्री भैसकेका लिङ्देन सहितका सांसदहरू गणतन्त्रको लोगो र तलब भत्ता बुझ्दै आन्दोलनमा छन् । संविधानले विमति राख्ने अधिकार दिएको छ।तर, संविधान विरोधी हर्कत गर्न बन्देज लगाएको छ। लिङ्देन समूहले नैतिकता विर्सिएर गणतन्त्रवादी नैतिक प्रश्न गरिरहेको छ।
प्रसाईं र विष्टले दोहोरो चरित्र नदेखाउन पटकपटक स्मरण गराएपनि राजेन्द्र लिङ्देन,ज्ञानबहादुर शाही लगायतका सांसदहरू पद त्याग्न कदापि तयार देखिन्नन्।उनीहरूको यही दोहोरो चरित्रप्रति स्वंय राजावादी समूह समेत सशंकित छ।यो समूहलाई स्वंय ज्ञानेन्द्र शाहले पनि विश्वास गरेको देखिन्न।
तीनकुने विध्वंसमा मुछिएका प्रसाईं,मिश्र र धवलको विषयमा प्रहरीले मुद्दा अघि बढाइरहेको छ। विभिन्न कसुरमा उनीहरू विरू्द्ध मुद्दा चल्ने देखिन्छ । बीबीसीमा छाएका साझा विवेकशीललाई डुबाएर राप्रपा छिरेका मिश्र, धवल र प्रसाईंको दिनचर्या एकै ठाउँमा छ। राप्रपा छिरेपछि गणतन्त्र र गणतन्त्रका नेतालाई गाली गर्ने कारखाना चलाएका मिश्रले प्रहरी हिरासतमा मोबाईल चलाउन नपाएको गुनासो गरिरहेका छन्।
विवेकशील साझा गठन गर्दा वैकल्पिक शक्तिको नेताको रूपमा हेरिएका उनी प्रसाईं जस्ता लफङ्गा ,अराजक र उदण्डसंग प्रहरी खोरमा संगै छन् । प्रहरीले उनीहरूमाथि लगाएको अभियोग अदालतबाट ठहर भए प्रसाईं आजीवन अनि मिश्र र धवल पाँच वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने कानुनका जानकारहरू बताउँछन् ।यद्यपि उनीहरूको मुद्दालाई सरकारी वकिल कार्यालयले कसरी अघि बढाउँछ, त्यसपछि अदालतको फैसलाले उनीहरू बास झ्यालखाना हुन्छ या रिहा यसकाे अन्तिम जवाफ त्यतिबेला थाहा होला।








