७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

ग्लोबल आइएमई बैंकको नाफा सवा ६ अर्ब,लाभांश वितरण क्षमतामा उत्साहजनक सुधार


२९ श्रावण २०८२, बुधबार  


ग्लोबल आइएमई बैंकले नाफा ६ अर्ब २० करोड गरेको छ।साथै बैंकले लाभांश वितरण क्षमतामा उल्लेख्य सुधार भएको छ।


बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ पुगेको छ। जसको आधारमा लाभांश क्षमता १४.११ प्रतिशत देखिएको छ। अघिल्लो वर्ष यो मात्र ५० करोड ६७ लाख रुपैयाँ थियो।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ आर्जन गरेको हाे ।अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफा गरेको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँमा सीमित रह्यो। गत वर्ष बैंकले १६ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ पुगेको छ। जसको आधारमा लाभांश क्षमता १४.११ प्रतिशत देखिएको छ। अघिल्लो वर्ष यो मात्र ५० करोड ६७ लाख रुपैयाँ थियो।

चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको बैंकको जगेडा कोष २४ अर्ब २१ करोड रुपैयाँ कायम छ।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.१२ प्रतिशतले बढेर ३ अर्ब २२ करोड २० लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले वृद्धि भई २१ अर्ब २७ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २.७५ प्रतिशतले घटेर ८ अर्ब ७७ करोड ५ लाख रुपैयाँमा आएको छ।

निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ११.४६ प्रतिशतले वृद्धि भई ४ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ छ, जुन अघिल्लो वर्षको १६.९९ रुपैयाँभन्दा केही कम हो। प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ भने मूल्य(आम्दानी अनुपात) १५.९५ गुणा छ।

खराब कर्जा दर ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत पुगेको छ। बैंकको रिटर्न अन इक्विटी ९.६१ प्रतिशत रहेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  ७ : ४७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित