१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

धितोपत्र बोर्डमा अख्तियारको छापा, घुस प्रकरणको अनुसन्धान गर्न कि, तर्साउन ?


२५ बैशाख २०८२, बिहिबार  


गएको बुधबारअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्ड (सेवोन)मा दिउँसो छापा हानयो । विभिन्न कम्पनीको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासनका लागि घूस मागेको खबर बाहिरिएपछि अख्तियारले सेबोनमा छापा हानेको हो ।

अख्तियारले आईपीओ निष्कासनका लागि अनुमति मागेका विभिन्न कम्पनीका फाइल नियन्त्रणमा लिएको स्रोतले बतायो । अख्तियारको टोली बुधबार दिउँसो ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालयमा एक्कासि आइपुगेको सेबोन अधिकारीहरुले बताएका छन्।

निजी ऊर्जा उत्पादकहरूले आईपीओ निष्कासन स्वीकृति गर्नु अगाडि धितोपत्र बोर्डले घूस मागेको आरोप लगाउँदै आएका थिए । यही आधारमा अख्तियारले छापा मारेको बताइएको छ।  । बोर्डका अनुसार अख्तियारका प्रतिनिधिहरूले सम्बन्धित विभागका कर्मचारीहरूसँग पाइपलाइनमा रहेका आईपीओ, यसको प्रक्रिया र स्वीकृतिमा ढिलाइबारे सोधपुछ गरी विस्तृत विवरण खोजेका थिए ।

सम्बन्धित विभाग, महाशाखासँग उनीहरूले आईपीओ स्वीकृतिबारे पछिल्लो स्थिति, स्वीकृतिको प्रक्रिया, पाइपलाइनमा रहेका कम्पनी र ढिलाइ किन भयो ? भनेर सोधेको बताइएको छ। भ्रष्टाचारले मुलुक दलदलमा परेको बेलामा अख्तियार जस्तो निकाय मौन भएको आरोप लाग्दै आएको छ। राजनीतिक शक्तिको छत्रछाँयामा अख्तियार परेको भन्दै आरोप लागिरहेको बेलामा धितोपत्र बोर्डमा अख्तियारको छापाले प्रश्न र भरोसा दुबै उब्जाएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ७ : ४९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित