प्रिसा साहको रहस्यमय मृत्यु प्रकरणको विषयमा भारतको विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद्ले केआइटी विरुद्ध कडा कारबाहीको माग गरेको छ।
ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रिशा शाहको मृत्युको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।
एबीभीपी भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन हो । घटनालाई अत्यन्त पीडादायी भन्दै एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ ।
एकै प्रकृतिको घटना बारम्बार दाहोरिँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ ।
केआईआईटी विश्वविद्यालयको प्रशासन र जिम्मेवार अधिकारीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको हो । एकै खालका घटना दोहोरिरहँदा केआईआईटीको विश्वस्नीयतामा प्रश्न उठेको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“केआईआईटी विश्वविद्यालयमा बारम्बार भइरहेका आत्महत्याका घटनाहरूले यसको विश्वसनीयतामाथि प्रश्न उठाएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेस्टर अध्ययनरत वीरगन्जकी प्रिसा साह बिहीबार साँझ ८ बजे मृत फेला परेकी थिइन् । कलेजको होस्टलमा उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारिएको थियो ।
उनले किन आत्महत्या गरिन् अहिलेसम्म त्यसको कारण भने बाहिर आएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गएको साल २०८१ फागुन ४ गते पनि यही केआईआईटी विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।