२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

दीपकले डुबाए,सेयर कम्पनी, कारोबार ठप्प !


२० चैत्र २०८२, शुक्रबार  


सत्ता चलाउने र हल्लाउने नेपालका विचौलिया डन दिपक भट्ट पक्राउ परेसंगै भ्रष्टहरुको धेरै ठाउँमा पहिरो गएको छ ।

लहरो तान्दा पहरो खसे झै एक जना विचौलियाको अकुत धन उधिन्दा धेरै नेता, नामुद् व्यापारीहरुको बस्त्र उतारिने देखिएको हो ।

सत्ता र शक्तिको दुरुपयोग गरेर पाँच अर्ब अकुत धन कमाएको आरोप लागेका विचौलियाहरुका हेडमास्टर दीपक भट्टले खरिद गरेका ठूलो परिणामका शेयर कारोबार रोक्का गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले दीपकको नाममा रहेका विभिन्न कम्पनीका सेयर कारोबार रोक्का गरेको हो। भट्टले हिमालयन रि इन्स्योरेनसहितका पाँच कम्पनीबाट पैसा लिएर आफ्नो नाममा सेयर किनेका थिए ।

यी हुन्, दीपक भट्टले खरिद गरेका सेयर कम्पनीहरुको विवरण, यो हेरौं ।

नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेड – १९ लाख ७९ हजार कित्ता साधारण सेयर ।
गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड – ११ लाख २५ हजार कित्ता संस्थापक सेयर ।
नेपाल माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड – ११ लाख २५ हजार कित्ता संस्थापक सेयर ।

दीपक भट्टले सेयर खरिदमा प्रयोग भएको ठूलो रकमको श्रोत यस्तो छ, यो पनि हेरौं ।

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडबाट २ अर्ब ७३ करोड रुपैयाँ ।
हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट २२ करोड रुपैयाँ ।
नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड रुपैयाँ ।
एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड रुपैयाँ ।
हिमालयन क्यापिटल÷क्यापसर्वबाट ३७ करोड रुपैयाँ

ब्रोकरमार्फत पनि दीपकको हातमा रकम, यो पनि हेरौं ।


सेयर खरिद प्रक्रिया भृकुटी स्टक ब्रोकरिङ मार्फत गरिएको ।
ब्रोकर कम्पनी मनोजकुमार लाल कर्णकी श्रीमतीको नाममा रहेको ।
ब्रोकरमार्फत आएको रकम करिब ६२ करोड रुपैयाँ ।
सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल खातामा प्राप्त ।
सुलभ अग्रवाल हुँदै विभिन्न खातामा रकमको स्थानान्तरण ।
२३ करोड रुपैयाँ ऋषिराज मोरको माध्यमबाट घुमफिरीरी दिपकको हातमा ।
विभिन्न बैंक खातामार्फत घुमाएर प्रयोग गरिएको आशंका ।
केही रकम जगदम्बा स्टील सम्बन्धी कारोबार मिलाउन प्रयोग ।
अन्य चेकमार्फत पनि व्यक्तिगत भुक्तानी ।

दीपकमाथिको अनुसन्धान र कानुनी प्रक्रिया यो , पनि हेरौं ।


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा मुद्दा दायर, गएको बिहीबार पक्राउ ।
दीपक भट्टले पाँच अर्बको अकुत धन आर्जन गरेको दाबी ।
सीडीएससीद्वारा उनी सम्वद्ध सबै सेयर कम्पनीहरुको कारोबार पूर्ण रूपमा रोक्का ।
हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालकहरुद्वारा सीआईबीमा किटानी जाहेरीको तयारी ।
हिमालयन रि इन्स्योरेन्सका सञ्चालक, बीमा प्राधिकरणका पदाधिकारी, पूर्व अर्थमन्त्रीदेखि केही मिडिया सञ्चालकमाथि अनुसन्धानको सुइँ ।
२०७१ साल र २०७८ मा प्रहरीको हतियार खरिदमा अडियो डिल प्रकरण ।
२०७१ मा एमालेको नवौ महाधिवेशनको खर्च व्यवस्थापनमा दिपकको संलग्नता ।

बा चर्तुभुज भन्दा पनि धुर्त दीपक भट्ट
यसरी शक्तिशालीहरुलाई रिझाएर, फकाएर आफू अनुकूल काम पट्याउन सक्ने खुबी भएका चर्चित व्यापारी हुन्, दीपक भट्ट । बाबु चर्तुभुज भट्ट मल काण्डमा अख्तियारद्वारा पक्राउ पर्दा दीपक पनि १७ वर्षमै पक्राउ परेका थिए । सार्वजनिक पर्दामा कतै पनि देखा नपर्ने दीपक यति धेरै शक्तिशाली व्यापारी हुन्। उनले हतियार खरिदमा चीन र भारतलाई समेत कन्भिन्स गर्न सक्ने अडियो बाहिरिएको थियो ।


शक्ति र भक्तिका पूजारी दिपक :
विशेष गरी गएको दश वर्ष यता दीपकको सत्ताका मुखियाहरुसंग निकै हिमचिम थियो र अझै पनि छ ।उनी ओली प्रचण्ड र देउवाकै काखमा हुर्किएका मानिस हुन् । उनै दीपक भट्टले ‘पब्लिक लिमिटेड’ कम्पनीहरूको पैसाको दुरुपयोग गरी खरिद गरिएको ठूलो परिमाणको सेयर कारोबार रोक्का गरिएको हो । दीपक तानिएसंगै उच्च तहका कर्मचारी र शीर्ष नेताहरु पनि यो प्रकरणमा नमुछिएलान् भन्न सकिन्न की ? ०००००

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : ५१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित