यश वर्षको दसैँका लागि अग्रिम टिकट बुकिङका विषयमा यातायात व्यवसायी र विभागबीच मंगलबार छलफल भएको छ। सरकार र व्यवसायीबीच भएको छलफलमा यही असाेज १२ गतेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको हाे ।
यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सरजु अनलाइनलाई जानकारी दिए ।
उनलेे भने,‘दसैँको अग्रिम टिकट बुकिङ आगामी १२ गतेदेखि खुला गर्ने आजको छलफलमा निर्णय भएको छ’ ।यसअघि दसैँका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच ठोस सहमति जुट्न सकेको थिएन।