११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

गेरूवस्त्रको आवरणमा हिंसा भड्काइरहेका गुरु पुष्कर खतिवडा पनि प्रहरी खाेरमा !


१५ चैत्र २०८१, शनिबार  


सनातन सभ्यतामा हिंसालाई अस्विकार गरिन्छ।गुरूहरूलाई ज्ञानकाे भण्डार र शान्तिका प्रवर्तक ठानिन्छ ।तर,पछिल्लो समय नेपालमा गेरू वस्त्रको आवरणमा हिंसा फैलाउनेहरूको विगविगी छ।धर्म रक्षा भन्दा सत्ता र प्रतिसत्ताको कित्तामा उभिएर धर्म गुरु बदनाम छन् ।

यस्ता फन्डा र विवादका एक पात्र हुन्ला,थुरू पुष्कर खतिवडा ।युट्युबरबाट भाईरल भएका उनी धरानमा मच्चिएको दंगादेखि शुक्रबार तीनकुनेमा भड्किएको हिंसा पनि अघि देखिए ।निधारमा चन्दन र गेरू वस्त्र लगाएर आगजनी ,तोडफोड आदिमा संलग्न भए ।

आफूलाई गुरु दाबी गर्ने पुष्कर खतिवडा यीनैलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

यसअघि भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि खतिवडालाई प्रहरीले पक्राउ गरेको थियो । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले गत साउन १४ गते उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।

२८ वर्षीय खतिवडाले साउन ११ मा सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गरेर महायज्ञ हुन लागेको भन्दै सहभागीताका लागी आह्वान गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  १० : ५१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित