३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

सुनशान उपत्यका, भरिभराउ गाउँ ,१३ लाख मानिस बाहिरिए


२५ आश्विन २०८१, शुक्रबार  



जाेखिमपूर्ण यात्रालाई माेलेरै भएपनि मानिसहरू दशै -तिहार मनाउन गाउँ पुगेका छन् ।यतिबेला गाउँ भरिभराउ हुँदा उपत्यका भने सुनशान बनेको छ।


गएका वर्ष झैं यसवर्ष पनि दशैको समयमा काठमाडौँ उपत्यका सुनसान बनेको छ । दशै मनाउन मानिसहरु जन्मघर फर्किएसँगै काठमाडौँ सुनसार बनेको हो ।

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।ट्राफिक प्रहरीका १३ लाख मानिस बाहिरिएको अनुमान गरिएको छ।यश वर्ष अष्टमीका दिनसम्म १८ लाख मानिस दशै मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकाे थियोे । दशैसम्मुखमै बाढी पहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएकाे तथ्यांक छ।

उता यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि यस वर्ष दशैमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियाे ।’’तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएकाे यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले बताएका छन् ।उनी भन्छन् ।’’ अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।”

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  २ : ५३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित