४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

मोदी -ओली फोन सम्वाद,आतंकवादविरू्द्ध लड्ने संयुक्त प्रतिवद्धता


१० बैशाख २०८२, बुधबार  


प्रधानमन्त्री केपी ओलीसंग समकक्षी नरेन्द्र मोदीले बुधबार टेलिफोन सम्वाद गरेका छन् ।

टेलिफोन सम्वादमा आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएको बताएको हुन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि भारतले उक्त कुरा बताएको हो ।

भारतको जम्मु कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमला परी एक नेपाली युवासहित २६ जना मारिएका छन् । यश घटनापछि दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको हो ।

ूआतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएका छन्,” दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्ताबारे जानकारी दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा उल्लेख छन् ।

प्रधानमन्त्री ओलीले जम्मु कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेको उनले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आतंकवादी आक्रमणमा परी बहुमूल्य जीवन गुमाएहरूप्रति हार्दिक समवेदना प्रकट गरेको उनले बताएका छन् ।

“प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएकोमा समवेदना व्यक्त गर्नुभयो र क्रूर आतंकवादी हमलाका दोषीलाई न्यायको कठघरामा ल्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो,” विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भनेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ५४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित