२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

गोरखा ग्रुप दाङद्वारा प्रधानमन्त्री राहत कोषमा १० लाख बढी रकम सहयोग !


१५ भाद्र २०८३, सोमबार  


गोरखा ग्रुप दाङले रसुवा बाढी पीडितका लागि आर्थिक सहयोग गरेको छ।

गोरखा ग्रुप दाङ अन्तरगत विद्यालय, कलेज र अस्पतालमा कार्यरत शिक्षक र कर्मचारीहरूको तर्फबाट एकमुष्ट रूपमा १० लाख एक हजार १४७ रूपैयाँ सहयोग गरेको हो।

गोर्खा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको हो।
दाङको एक प्रतिष्ठत शैक्षिक संस्था गोरखा ग्रुपले विगतमा पनि सामाजिक तथा मानवीय उद्दारमा अतुलनीय योगदान गर्दै आएको छ।
स्थापना कालदेखि सामाजिक उत्तरदायित्वमा अग्रसर हुँदै आएको गोरखा ग्रप साविकको मध्यपश्चिमका स्थापित शैक्षिक संस्था हो। शैक्षिकसंगै सामाजिक योगदानमा सधैं अग्रसर गोरखा ग्रुप दाङले रसुवा बाढी पीडितको दुःखमा मलहमल लगाउन मानवीय सहयोग गरेको हो।

गोरखा ग्रुप दाङ जस्तै तपाईं पनि मानवीय सहयोग गरेर पूण्य कमाउन सक्नुहुनेछ । मानवीय सेवा नै वास्तविक धर्म हो।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ७ : ५५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित