३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

दाङमा नयाँ गन्तव्यकाे अनुसन्धान गर्दै पर्यटन पत्रकार महासंघ, अभिषेक बाेहराकाे अध्यक्षतामा जिल्ला शाखा गठन


११ कार्तिक २०८१, आइतबार  



घाेराहीमा आईतबार भएको पर्यटन पत्रकार महासंघ दाङ जिल्ला शाखा अधिवेशनमा दाङको नयाँ गन्तव्यकाे अनुसन्धानमा जाेड दिने वक्ताहरूले जाेड दिएका छन् ।

पर्यटकीय महत्त्वले दाङ भरिपुर्ण भए पनि गन्तव्यहरूकाे साेधखाेज र प्रवर्द्धन पर्याप्त नभएकोले जिम्मेवार निकायकाे ध्यानाकर्षणमा उनीहरूले जाेड दिएका हुन्।

पर्यटन पत्रकार महासंघ दाङ शाखा अध्यक्ष प्रकाश चाैधरीकाे अध्यक्षतामा भएको अधिवेशन कार्यक्रम पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा ( ऋतुविचार) दाङको पर्यटन विकासका लागि नयाँ पदमार्गकाे खाेज तथा अनुसन्धानसंगै पूर्वाधार र प्रवर्द्धनकाे विषय पर्यटन पत्रकारहरूले लेखन तथा अनुसन्धान गर्न सुझाए। राज्यका जिम्मेवार निकायलाई घच्घच्याउन निजी क्षेत्रसंग सहकार्य अघि जिल्ला शाखालाई सुझाएका हुन्।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जाेशीले न्यू मिडियाकाे भरपूर उपयाेग गर्दै पर्यटन पत्रकारिता सशक्त बनाउन आग्रह गरे। पर्यटन पत्रकारले उठाएका मुद्दालले तीनै तहका सरकारहरूमाथि रचनात्मक दबाब पर्ने भएकोले लेखन तथा अनुसन्धानमा जुट्न उनलाई सुझाएका हुन्।


कार्यक्रमका सहजीकरण पर्यटन पत्रकार महासंघका संस्थापक महासचिव केशरमान बुढाथोकीले पदमार्गकाे अध्ययन र अनुसन्धान सक्रिय रहेको बताए । अधिवेशनबाट निर्वाचित दाङ शाखालाई सघाउने प्रतिवद्ता व्यक्त गर्दै पर्यटन पत्रकार महासंघ सशक्त ढंगले पुनः अघि बढ्ने बताए ।


त्यसैगरी पत्रकार महासंघका उपाध्यक्ष तथा पर्यटन पत्रकार महासंघका संस्थापक सल्लाहकार उदय जिएमले नयाँ पुस्ताले र नयाँ प्रविधिकाे उपयाेगबाट मुलुककाे पर्यटन प्रवर्द्धनकाे क्षेत्रमा कलम चलाउन सुझाव दिए। उनलेे अतीतकाे पत्रकारिताकाे स्मरण गर्दै नयाँ पुस्ता भाग्यमानी भएको चर्चा गरे। आ फूकाे पत्रकारिताकाे जमानमा आँखाले जे देख्याे, त्यही लेख्याे भन्ने थियोे । तर,अहिले माेबाईल प्रविधिले तत्काल खवर सम्प्रेषण गर्न सकिने सुविधा भएकोले न्यू मिडियाको अधिकतम उपयाेग गर्न जाेड दिए।


यसैगरी कार्यक्रममा संस्थापक सल्लाहकार सविन प्रियाशनले पर्यटन पत्रकारहरूकाे अहम भूमिका भएकोले पर्यटनमा उद्यमशीलताकाे सम्भावनालाई उजागर गर्न आग्रह गरे। त्यसको लागि आफूहरूले क्रियाशील पत्रकारसंग मिलेर दाङको पर्यटन प्रवर्धनमा साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गरे।
यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण भुसालले पर्यटन पत्रकारिता गएकाे समयमा केही सुस्ताएकाे चर्चा गर्दै नयाँ पुस्ता सशक्तढंगले लाग्न सुझाव दिए। दाङको पर्यटकीय सम्भावना र पूर्वाधारको विकासका विषयमा खराे रूपले कलम चलाउन आग्रह गरेका थिए।
दाेश्राे जिल्ला अधिवेशनले अभिषेक बाेहाेराकाे अध्यक्षतामा १५ सदस्यीय जिल्ला शाखा निर्वाचित गरेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ४ : ५५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित