यो दृष्य हेर्नुहोस् । दृष्य हो, राजधानीको मुटु मानिने न्यूरोड र त्यस वरिपरिको । दृष्यले हामीलाई बताउँछकी, सडक र चोकभरि पार्किङ र फुटपाथ निर्वादरुपमा चलिरहेका छन् । भारतको रुपडिहालाई पनि यतिबेला विर्साउने यो दृष्यले हाम्रो चेतना र संवेदनाको जवाफ अवस्य दिन्छ । विगत तीन वर्ष यतादेखि यी क्षेत्र अत्यन्तै व्यवस्थित हुन्छन् । तर,गणेश नेपालीको आत्महत्या प्रकरण जब हुन्छ । तब मौकामा चौका हान्दै न्यूरोडसहितका बजार क्षेत्र पार्किङ र फुटपाथ व्यापारले टनाटन भरिन्छन् ।
हुन त कसैको राजनीतिक स्वार्थका लागि सडकमै व्यापार गर्न र पार्किङ गर्न पाउनु स्वभाविककै पनि होला । तर, सभ्य, सफा र सुन्दर शहर बनाउने सवालमा यस्ता तर्क पछ्यौटे पाखण्डताका उदाहरण हुन् ।यी दृष्यले अराजकता र उदण्डतालाई बुझाउँछन् । कानुनको पारिपालना र नागरिकमा चेतना शून्य भयो भने यस्ता दृष्यहरु देख्नु समाज विवश हुन्छ । कानुन किन चाहिन्छ ? र कानुन पालना नगरे के हुन्छ ? यी प्रश्नहरू कसैका लागि सामान्य लाग्न सक्छन्,। तर यो दृष्यले हाम्रो सभ्यता र चेतनाको अवस्था दर्शाउँछ। कुनैपनि कानूनी राज्यमा कानुनको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हो र गराउनु राज्यको दायित्व हो । तर बितेको एक सातामा काठमाडौँका सडकहरूमा एउटा भिन्नै दृश्य देखिएको छ । केही समयअघिसम्म व्यवस्थित देखिने न्युरोड, भोटाहिटी र रत्नपार्क क्षेत्रमा पुनः पुरानै अस्तव्यस्तता फर्किनुले हाम्रो आधुनिक भनिएको व्यवस्था र समाजलाई मज्जाले गिज्याउँछ ।
कारण हो, गएको बिहीबार राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले आत्हदाह गर्छन् । आत्मदाहपछि परिस्थिति भिन्नै बन्छ । उनको शवमाथि राजनीति चल्न थाल्छ । उनको मृत्युपछि उत्पन्न सुरक्षा जोखिम देखाउँदै नगर प्रहरी सडकबाट ओझेलमा पर्छन । सुरक्षा थ्रेटलाई देखाएर महानगरीय प्रहरी सडकमा अनुुपस्थित हुन्छ । सडकमा प्रहरी नहुँदा यस्तो स्वेच्छारिता सडकमा देखिन्छ ।
केही अघिको समय हुन्छ । जतिबेला सम्म यो न्यूरोडसहितको बजार अत्यन्तै व्यवस्थित हुन्छ । हालका प्रधानमन्त्री बालेन्द्रले सफा र स्वच्छ काठमाडौ बन्छ । पालिका प्रमुख हुँदा काठमाडौ महानगरले व्यवस्थित शहर बनाउँछ । तत्कालीन ओली सरकार न्यूरोडमा व्यवस्थित बनाउन खोज्दा निकै अवरोध हुन्छ । सांस्कृति शहर काठमाडौलाई सांस्कृतिक शहर बनाउने काठमाडौ महानगरका तत्कालीन मेयर तथा प्रधानमन्त्री बालेन्द्र शाहको हुन्छ । उनी प्रधानमन्त्री भएपछि काठमाडौको सांस्कृति सम्पदा जोगाउने कुरा अझ महत्वपूर्ण हुन्छ । प्रधानमन्त्री बालेन मेयर हुँदा अंगालको नीतिलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिन्छ । पैदल यात्रीहरूले सहजै हिँड्न पाएका हुन्छन् । व्यापारका लागि निश्चित समय र स्थान तोकिएको हुन्छ। यस क्षेत्रका चोकहरु युरोपका शहरका चोक व्यवस्थित र रहरलाग्दा हुन्छन् । गणेश नेपालीको मृत्युकै कारण महानगरीय प्रहरी पछि हट्छ । अनि फूटपाथ व्यापारी र पार्किङले न्यूरोड क्षेत्र अस्तव्यस्त बन्छ ।
गएको बिहीबार नगर प्रहरीसँगको गणेश नेपालीको विवाद हुन्छ । विवादपछि गणेश नेपालीले आत्मदाह गर्छन् । यस दुःखद घटनापछि सुरक्षाको कारण देखाउँदै नगर प्रहरीहरू सडकमा नियमित ड्युटीमा निस्कन छोड्छन् । जब नगर प्रहरीको अनुपस्थिति हुन्छ । तब फुटपाथ व्यापारीको कब्जामा न्यूरोड बजार पुग्छ । यहाँ फूटपाथ व्यापारीको रामराज्य मात्रै हुदैछ । जथाभावी पार्किङ गरेर न्यूरोडलाई क्षणभरमै कुरुप बनाइन्छ । न्यूरोडलाई अस्तव्यस्त बनाउनुलाई कसैले दिग्विजय ठान्छन् त कसैले असभ्य र पाखण्डताको अर्थ लगाउँछन् । सरकारसंग एउटा समूह चिढिएको हुन्छ । विगतको तुस पोख्न फुटपाथलाई उक्साइन्छ । फुटपाथ व्यवसायी मौकामा चौका हान्दै न्यूरोड कब्जा गर्छन् ।
कसैको व्यापारिक स्वार्थ र कसैको राजनीतिक तुसको अचानो बन्छ, व्यवस्थित र सुन्दर न्यूरोड । देशकै नमुना बजार क्षेत्रलाई अस्तव्यस्त बनाउनुलाई कसैले जित पनि ठानेका छन् नीति नियम र कानुन नमान्ने ।तर, देश सिंगापुर चाहिने एउटा समूह छ । सडकमै व्यापार गर्न पाउनुपर्छ। पार्किङ पनि गर्न पाउनुपर्छ । पार्किङ गरेको शुल्क पनि उठाउन पाउनुपर्छ भन्ने समूह यहाँ सक्रिय हुन्छ । त्यही समूहले बजारलाई अस्तव्यस्त बनाउँछ ।
न्यूरोडमा फुटपाथ पसलले भरिन्छ । जसका कारण पैदल यात्रीहरू मुख्य सडकमै हिँड्न बाध्य हुन्छन्। यसले सवारी आवागमनलाई प्रभावित पार्छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै बढाउँछ । सबै भन्दा सुन्दर, सफा र व्यवस्थित न्यूरोडलाई क्षणभरमै कुरुप बनइन्छ । यस्तो प्रवृत्तिले नेपालीहरुको आइक्यूको अवस्था कस्तो छ भन्ने दर्शाउँछ ।राज्यको ठूलो मेहनतबाट व्यस्थित न्यूरोडमा फुटपाथसहित पार्किङ गरिनुले कानुनको धज्जी मात्रै उडाएको छैन । नेपालीहरु असभ्य र अराजक पनि छन् भन्ने दर्शाउँदैन र ? ००








