२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

रास्वपा महामन्त्री विपीन आचार्यसहित अस्मिता प्रकाशनको एक करोड एक लाख सहयोग !


१६ भाद्र २०८३, मंगलबार  


सत्तारूढ रास्वपा महामन्त्री तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का सांसद विपीन आचार्यसहित अस्मिता प्रकाशनले रसुवा बाढी पीडितका लागि आर्थिक सहयोग गरेको छ।

महामन्त्री आचार्यसहित प्रकाशनले एक करोड एक लाख ११ हजार एक सय ११ रूपैयाँ रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेको हो।

रास्वपा महामन्त्री आचार्यले सङ्कटमा हाम्रो वैयक्तिक परिवार र संस्थाको‌ तर्फबाट पनि केही योगदान होस् भन्ने हेतुले ुप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषु मा ‌सहयोग गरेको बताएका छन् ।

उनले यो दुःख चाँडै टरेर जाओस्। विपद्को सामना गर्न हामी सबैलाई धैर्य र साहस मिलोस्। विपद्को यो घडीमा एक राजनीतिज्ञका रूपमा पूरा गर्नुपर्ने इमान्दार कोसिस त सदैव रहि नै रहने पनि प्रतिवद्धता गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ६ : ५६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित