२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

शंकरकाे राजनीति: विवादास्पद भान्जालाई संस्कृत विश्वविद्यालयमा फेरि जागिर !


२२ कार्तिक २०८१, बिहिबार  


शंकर पाेखरेल एमालेका महासचिव हुन्।ओलीका खास विश्वास पात्र रहेका उनी सत्ताकाे आडमा आफन्त भर्ति गर्न भने माहिर छन् ।जनताकाे नजरमा अलाेकपृय रहेका शंकरले यश अघि आफ्नै ज्वाइँ शिबकुुमार आचार्यलाई सहमतिको नाममा एमाले दाङको अध्यक्ष बनाएका थिए।

दाङको विकासमा सिन्काे नभाँचेका उनलेे पछिल्लो समय संस्कृत विश्वविद्यालयकाे कुलसचिव पदमामा विवादास्पद पात्र माधव अधिकारीलाई सत्ताकै बलमा पुनः भर्ती गरे। शंकरका भान्जा रहेका भरखरै पुनः नियुक्त भएका अधिकारी विरूद्ध ४ बढी अख्तियारमा मुद्दा विचाराधीन छन् ।

यश अघि दाङको बेलझण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा माधव अधिकारी कुलसचिवमन चारवर्षे कार्यकाल विताए। यश कार्यकालमा एक दर्जन बढी विवादमा तानिएका उनी सत्तारुढ एमाले महासचिव शंकर पोखरेलका भान्जा भएकोले उनी केही दिन फेरि दोस्रो कार्यकार्यलका लागि कुलसचिव नियुक्त भएका छन् । 

सत्ता र शक्तिको प्रयोग गरेर उनले कुलसचिवको नियुक्ति लिएपछि विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरु भने असुन्तष्ट देखिएका छन् । एमाले निकटकै प्राध्यापकहरु समेत खुसि नरहेको अवस्था छ । 

मामा (महासचिव पोखरेल)को राजनीतिक शक्तिको आडमा अधिकारीले विश्वविद्यालयका पदाधिकारीलाई मर्यादा विपरित सोधपुछ गरेको तथा धम्क्याएको, कार्यकारी परिषद्को बैठक चलिरहेको बेला शिक्षाध्यक्षमाथि दुव्र्यवहार गरेको, आर्थिक र प्रशासनिक अनियमितता गरेको, विश्वविद्यालयको गरिमामा आच आउने काम गरेको लगायतका आरोप छ । 

गएकाे यही साल २०८१ काे असार १४ गते विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा यादवप्रकाश लामिछानेले अधिकारीलाई स्पष्टीकरण सोधेका थिए । तर, चित्तबुझ्दो जवाफ नदिएपछि असार २३ गते पुनः तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । 

अधिकारीले भने उपकुलपति लामिछानेमाथि नै दबाब सिर्जना गर्न एमाले निकट विद्यार्थी नेता प्रयोग गरेर विश्वविद्यालयमा अराजक गतिविधि चलाए । स्पष्टीकरणको जवाफ दिनुकोसट्टा राजनीतिक शक्ति प्रयोग गर्न खोजेपछि उनलाई २०८१ असार २६ गते २० दिनको लागि निलम्बन गरिएको थियो । तर शंकर पाेखरेलकै दबाबमा उनी २०८१ साउन १६ गते पुन: कार्यालयमा हाजिर भए । 

मामा तथा महासचिव पोखरेलमार्फत सम्पूर्ण शक्ति लगाएका उनले तत्कालीन उपकुलपति लामिछानेलाई राजीनामा दिन बाध्य पारेको जानकारहरु बताउँछन् । पोखरेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसम्म कुरा पुर्याएको खुलासा भएको थियोे ।

त्यसो त, लामिछानेलाई प्रधानमन्त्री ओलीले नै उपकुलपति नियुक्त गरेका थिए । तर, अधिकारीले बखेडा निकालेपछि २०८१ भदौ १ गते राजीनामा दिइसकेका छन् । 

उनको राजीनामापछि सरकारले तीन महिनाको लागि प्रा.डा भीमप्रसाद खतिवडालाई उपकुलपति तोकेको थियो । अहिले उनै खतिवडा र एमाले महासचिव पोखरेलको सहजीकरणले अधिकारीले दोहोर्याएर कुलसचिवको नियुक्ति बुझेका हुन् । चार वर्षे कार्यकाल सकिएको १ दिनपछि उनले तात्तातै नियुक्ति पाए । 

केही दिन अघि वास्तु इन्जिनियरिङका डीन वीरेन्द्र खड्कालाई निमित्त कुलसचिव नियुक्त गर्ने तयारी थियो । तर, अन्तिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४ वटा मुद्धा विचारधीन रहेको र एक दर्जन आरोप लागेको अधिकारीलाई पुनः कुलसचिव बनाएपछि एमाले निकट प्राध्यापकहरु रुष्ट बन्न पुगेका छन् ।
शंकर पाेखरेलकाे राजनीति सत्ताकाे दुरुपयोग गरेर आफन्त पाेस्नमै वितेकाे छ।टरिगाउँमा विमानस्थल विस्तार ,चारलेन सडक विस्तार लगायत थुप्रै विकास आ याेजना अलपत्र हुँदा पनि कतै चासाे दिदैनन्।तर,सत्ता र पार्टी भित्र आ फन्त भर्ती गर्नमा सबैलाई उछिन्दै आएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ८ : ५७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित