२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मंगलबार नेपाली बजारमा सुनकाे भाउ ताेलामा २६ सयले घट्याे


११ मंसिर २०८१, मंगलबार  


नेपाली बजारमा नयाँ नयाँ रेकर्ड कायमकाे सुनकाे बजार थप गिरावट आएकाे छ।

साेमबार ताेलामा १५ हजार ९ सयले भाउ घटेको सुन मंगलबार २६ सयले घटेर ताेलाकाे १ लाख ४८ हजार सात सय कायम भएको छ।


पछिल्लो समयमा सुनचाँदीको मूल्य वृद्धिले नयाँ- नयाँ रेकर्ड कायम गरिरहेकै बेला बजार मूल्य एकाएक अस्वभाविकरूपले गिरावट आएकाे हाे।

विहेका सिजन भएकोले पनि सुन चाँदीकाे काराेबार बढ्नु स्वभाविक रहेको बेला अस्वभाविक रूपले मूल्यमा गिरावट आएकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मुल्य प्रतितोला १ लाख ५१ हजार ३ सय कायम भएको थियोे ।

सुनको मूल्य आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

यसैगरी हिजो चाँदी प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भएकाेमा १८ सय ४५ रूपैयाँमा काराेबार भइरहेको छ ।

यस हिसाबले सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रूपैयाँले तथा चाँदीको १ सय १५ रूपैयाँले कम भएको हो ।

सरकारले पनि गएको बिहीबारकाे मन्त्रिपरिषद् बैठकबाट सुनकाे भन्सार मूल्य घटाएकाे छ। २०% भन्सार मूल्य रहेकोमा अब १० % भन्सार मूल्य कायम गरिएको हाे।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ११ : ५७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित