गएको पाँच वर्षको अवधिमा नेपालबाट निर्यातमा उत्साहजनक वृद्धि भएको छ।
पछिल्लो दुई आर्थिक वर्षमा ऋणात्मक रहेको निर्यात दर चालू आर्थिक वर्षमा आश्चर्यजनक रुपमा धनात्मक अवस्थामा मात्रै पुगेको छैन, बरु पछिल्लो पाँच आर्थिक वर्षको रेकर्ड नै तोड्ने गरी मौलिक र भ्यालु एडिसन गरिएका नेपाली वस्तुको विभिन्न मुलुकमा निर्यात भएको छ ।
गएको आर्थिक वर्ष २०८०र८१ मा ऋणात्मक ३।०३ प्रतिशत र आर्थिक वर्ष २०७९र८० मा ऋणात्मक २१।४४ प्रतिशतमा नेपालको निर्यात दर पुगेको थियो । अर्थात पछिल्लो पाँच आर्थिक वर्षको अवधिमा यो दुई वर्षमा निर्यात दरको अवस्थामा ऋणात्मक अवस्थामा पुगेको थियो ।
ऋणात्मकबाट धनात्मकतर्फ निर्यात दर पुग्नु र पाँच वर्ष यता सबैभन्दा परिमाणमा निर्यात हुनु भएको पछिल्लो समयमा मुलुकको आर्थिक अवस्थामा सुधार हुँदै जानुलाई पनि संकेत गरेको बुझ्न सकिन्छ ।
पछिल्लो ५ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७७र७८ मा ४४।४३ प्रतिशतले नेपाली वस्तुको निर्यात भएको थियो भने त्यसभन्दा केहि कम परिमाणमा आर्थिक वर्ष २०७८र७९ मा ४१।७४ प्रतिशतले निर्यात दरमा सुधार भएको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याँकअनुसार दुई वर्षको ऋणात्मक अवस्थामा सुधार हुँदै चालु आर्थिक वर्षको ११ महिनामा भने नेपालले पाँच वर्षमा सबैभन्दा बढी अर्थात करिब ७८ प्रतिशत बढी २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात गरेको हो ।
यसमा पनि सबैभन्दा बढी भारतमा २ खर्ब ८९ करोड ८१ लाख रुपैयाँबराबरको विभिन्न सामान नेपालले निर्यात गरेको हो । बाँकी ठूलो रकमको आधारमा अमेरिकामा १६ अर्ब ३१ करोड ४४ लाख रुपैयाँबराबरको विभिन्न सामान निर्यात गरेको छ ।
गएको आर्थिक वर्ष २०८०र८१ को एघार महिनाको अवधीमा १ खर्ब ३० अर्ब २६ करोड २३ लाख रुपैयाँबराबरको विभिन्न सामान नेपालले भारतसहित तेश्रो मुलुकमा निर्यात गरेको थियो ।
यी हुन्, धेरै निर्यात भएका उत्पादन रु
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सबैभन्दा बढी अर्थात निर्यातको अग्रसुचीमा सोयावीन तेल निर्यात भएको छ । यो अवधिमा ९३ अर्ब ५१ करोड ६७ लाख रुपैयाँबराबरको ४४ करोड २६ लाख ५१ हजार लिटर सोयाविन तेल भारतमा निर्यात भएको छ ।
यसैगरी दोश्रोमा सर्वाधिक निर्यात हुने सुचीमा सनफ्लावर तेल ११ अर्ब ३३ करोड ८९ लाख रुपैयाँबराबरको ५ करोड १० हजार लिटर भारतमै निर्यात भएको छ ।
केहि वर्ष अघिसम्म नेपालबाट निर्यात हुने वस्तुमा पाम आयल अग्रपंक्तिमा आउथ्यो । पछिल्लो १० वर्षको आयात निर्यातको तथ्यांकलाई विश्लेषण गर्ने हो भने निर्यातको अग्रपंक्तिमा रहेको पाम आयल विस्तारै ओरालो बाटोमा लाग्दै गएको पाइएको छ ।
निर्यातको सूचीमा पहिले अग्रपंक्तिमा नेपालको मौलिक उत्पादनले वर्चस्व कायम गर्दै गरेकोमा पछिल्लो दशकमा त्यसलाई विस्थापित गर्दै विस्तारै सर्वाधिक निर्यातमा पाम आयल उक्लिँदै गएको थियो । तर, यो धेरे समयसम्म टिक्न सकेन ।
पाम आयलको स्थान पछिल्लो समयमा तल झर्दै गएको अवस्थामा सोयाबिन आयल भने निर्यातमा अप्रत्याक्षित रुपमा छलाङ मारेको छ । अहिलेसम्मको निर्यातको इतिहासमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सोयाबिन आयल सर्वाधिक परिमाण र मूल्यको निर्यात भएको छ ।
पाम आयलको आयात र निर्यातको आकार खुम्चिँदै गर्दा अर्कोतर्फ भने सोयाविन तेल र सनफ्लावर तेलको निर्यातले इतिहास रच्न थालेको भन्सार विभागको तथ्यांकले पुष्टि गरेको छ ।
यो तथ्यांकले के देखाउँछ भने बाहिरी मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी भ्यालु एडिसन गरेको आधारमा यस्ता वस्तुको निर्यात बढ्दै गएको छ भने अर्कोतर्फ विगतदेखि निर्यातको उच्चतम स्थानमा रहेको नेपालको आफ्नै मौलिक उत्पादन अलैची, कफी, चियालगायतको निर्यात अवस्था खस्किंदै गएको छ ।
तेश्रोमा ७ अर्ब १८ करोड १० लाख रुपैयाँबराबरको ३९ लाख ८९ हजार किलोको हाराहारीमा नेपालको मौलिक उत्पादन ठूलो अलैंची भारतमा निर्यात भएको छ । यसैगरी चौथोमा अमेरिकामा भुँईमा ओछ्याउने कार्पेट ५ अर्ब ९६ करोड २७ लाख रुपैयाँबराबरको २८ लाख ७१ हजार स्क्वायर मिटर निर्यात भएको छ ।
त्यस्तै ६०० मिलिमिटर मोटाई भएको प्लेट आकारको रोल भएको फलाम र स्टिल निर्याात भएको छ । ५ अर्ब १३ करोड ८ लाख रुपैयाँबराबरको ४ करोड ५३ लाख ७ हजार किलो यस्तो रोल भएको फलाम र स्टिल भारतमा निर्यात भएको छ ।
यसैगरी ५ अर्ब १० करोड ३२ लाख रुपैयाँबराबरको १० करोड ६७ लाख ४७ हजार स्क्वायर मिटर फाइवरबाट बनेको ब्लिच नभएको बुनिएका कपडा भारतमा निर्यात भएको छ । त्यसै गरी फर्मेन्टेड नगरिएको विभिन्न प्रकारका मिक्स जुस ४ अर्ब ९३ करोड ३३ लाख रुपैयाँबराबरको ५ करोड ४४ लाख ८१ हजार लिटर भारतमै निर्यात भएको छ ।
तथ्याँकअनुसार ८५ प्रतिशत एकल धागो भएको पोलिस्टिर स्टेपल ४ अर्ब १४ करोड ९१ लाख रुपैयाँबराबरको १ करोड ६० लाख ७३ हजार किलो भारतमा निर्यात भएको छ । यसैगरी नेपालको मौलिक उत्पादन कालो चिया ३ अर्ब ६३ करोड ९३ लाख रुपैयाँबराबरको १ करोड ४० लाख ६० हजार किलो भारतमा निर्यात भएको छ ।
यस्तै ३ अर्ब ६० करोड ७८ लाख ७४ हजार रुपैयाँबराबरको १० करोड १२ लाख ९८ हजार किलो प्लाइउड भारतमा निर्यात भएको छ ।
यसैगरी अमेरिकामा ५ अर्ब ९६ करोड २७ लाख रुपैयाँबराबरको २ लाख ८७ हजार १ सय ४३ स्वायर मिटर कार्पेट र कुकुरले खाने डग चिउ९छुर्पी० ३ अर्ब ४९ करोड ७३ लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ८८ हजार २ सय ९० किलो निर्यात भएको छ ।
एघार महिनाको अवधीमा १ अर्ब ९९ करोड ४२ लाख ७४ हजार रुपैयाँबराबरको ३ लाख २३ हजार मेट्रिक टन र सिमेन्टको क्लिंकर ६६ करोड ६१ लाख रुपैयाँको ४ लाख ८४ हजार ८ सय ५४ मेट्रिक टन भारतमा निर्यात भएको छ । पाम आयल भने ३ करोड ५ लाख रुपैयाँबराबरको १ लाख ५९ हजार ३ सय ४३ लिटरको हाराहारीमा भारतमा निर्यात भएको छ ।
नेपालले १ सय ६४ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये सबैभन्दा बढी आयात निर्यातसम्बन्धी व्यापार भारतसँग गरेको छ ।
भारतबाट ९ खर्ब अर्ब १३ करोड ८० लाख रुपैयाँको विभिन्न सामान आयात गर्दा २ खर्ब ८९ करोड ८१ लाख रुपैयाँबराबरको विभिन्न सामान त्यो मुलुकमा निर्यात गरेको छ । वैदेशिक व्यापारमा भारतसँग नेपालको व्यापार घाटा अझै ७ खर्ब ७६ अर्ब २३ करोड ९९ लाख रुपैयाँबराबर छ ।
यस्तै दोश्रोमा अत्यधिक वैदेशिक व्यापार भएको मुलुकमा अमेरिका परेको छ । अमेरिकाबाट २३ अर्ब ९३ करोड ९८ लाख रुपैयाँबराबरको सामान आयात गर्दा १६ अर्ब ३१ करोड ४४ लाख रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात गरेको छ । अमेरिकासँग नेपालको व्यापार घाटा ७ अर्ब ६२ करोड ५३ लाख रुपैयाँबराबर छ ।
यसैगरी जर्मनीबाट ५ अर्ब ८२ करोड ५७ लाख रुपैयाँको वस्तु आयात गर्दा त्यो मुलुकमा ३ अर्ब ८८ करोड २३ लाख रुपैयाँको विभिन्न वस्तु नेपालले निर्यात गरेको छ । जर्मनीसँग १ अर्ब ९४ करोड ३४ लाख रुपैयाँबराबरको नेपालले व्यापार घाटा व्यहोरेको छ ।
यस्तै चीनबाट ३ खर्ब १४ अर्ब ५७ करोड ५६ लाख रुपैयाँबराबरको विभिन्न वस्तु आयात गर्दा नेपालले त्यो मुलुकमा जम्मा २ अर्ब ४८ करोड १७ लाख रुपैयाँबराबरको वस्तु निर्यात गर्न सफल भएको छ । चीनसँग मात्रै ३ खर्ब १२ अर्ब ९ करोड ३९ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार घाटा नेपालले व्यहोरेको छ ।








