१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

प्रधानमन्त्री सुशीला कार्कीले भनिन्, प्राकृतिक विपत्तिको यो घडीमा तपाईंहरूसंग सरकार छ’


१८ आश्विन २०८२, शनिबार  


प्रधानमन्त्री सुशीला कार्कीले भीषण वर्षा जारी रहेकोले सतर्कता अप्नाउन आग्रह गरेकी छिन् ।

शनिबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै उनले विपत्तिको यो घडीमा सरकार नागरिकको साथमा रहेको बताएकी हुन् ।

उनले अविरल वर्षाको सम्भावना उच्च रहेको प्रति सजग रहन आ ग्रह गर्दै उनले उद्दार र राहतका लागि सरकार नागरिकसंग बताएकी हुन्।

उनले जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरे अनुसार सतर्क रहन सबैलाई अनुरोध गरेकी हुन्।

विभागले देशभर वर्षाको सम्भावना रहेको बताएको छ। उसले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ, भने केही स्थानमा धेरै भारी वर्षाको चेतावनी दिइएको छ।


जल तथा मौसम विज्ञान विभागले नदी र खोलानाला आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ किनकि वर्षाको कारणले गर्दा बाढी आउन सक्ने सम्भावना उच्च छ। भीषण वर्षातका बाढी पहिरो र डुबान हुने भएकोले उसले चेतावनी दिएसंगै सरकारले तदारुकता देखाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि देशभरको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाले शनिबार राति सार्वजनिक गरेको बुलेटिन अनुसार देशका विभिन्न भू(भागमा अझै पनि अविरल वर्षाको प्रभाव रहनेछ।

शनिबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भू(भागमा साधारण बदली रहनेछ। ती प्रदेशका पहाडी र तराई भू(भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा पर्ने सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेश र बागमतीका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना पनि रहेको विभागको भनाइ छ।

यसैगरी आइतबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू(भागका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ।

राति भने देशका पहाडी भू(भागमा साधारणतया बदली रहनेछ। ती भू(भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ भने कोशी र बागमतीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी सोमबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। ती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी र तराई भू(भागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

राति भने देशका अधिकांश भू(भागमा मौसम सुधार हुँदै जानेछ। पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना विभागले जनाएको छ।

विभागले विशेषगरी पहाडी र तराई क्षेत्रका नदी, खोलानाला आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो।०००

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : ४४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित