नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने भएको छ ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमै नियन्त्रणमा छन् ।
उनलाई आज राति भने प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने विभागका एक अधिकृतले जानकारी दिए ।।
त्यसैगरी विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति विशेष अदालतले दिएको छ।
सुर्खेत प्रहरीबाट पक्राउ पछि काठमाडौँ ल्याएर उनलाई आजै म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । जसअनुसार विशेष अदालत काठमाडौँले पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको हो।
न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुमति दिएको हो।







