नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेका छन् ।उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।
पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागका अधिकारीहरुले बताएका छन् ।
पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरीले बताएको छ । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ ।
उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।उनी पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत हुन् ।







