११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

दीपकको वित्तीय अपराधको साम्राज्य ! बीमा र धितो बोर्ड कब्जामा !


११ असार २०८३, बिहिबार  


२०७५ जेठ ३ गतेको समय हो । त्यस दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भयो। त्यो एकताको पर्दा पछाडि एउटा व्यापार साम्राज्यमा रहस्यमयीढंगले उदाएका रहस्यमयी व्यापारी थिए । ती चमत्कारिक व्यापरी हुन्, उनै दीपक भट्ट । जो पार्टी र सरकार बनाउन अनि भत्काउन र तोड्ने खेलको रचनाकार हुन् ।

सार्वजनिक जीवमा खासै नदेखिने तर प्रधामन्त्रीकै बेडमा भेटिने उनै भट्ट सुत्रधार हुन्। उनकै सुत्रमा नेकपाको निर्माण भएको थियो । त्यसका लागि उनले विष्णु पौडेल र जनार्दन शर्मासंग राम्रो सम्बन्ध बनाएका थिए । इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपकले जतिबेला ओली र प्रचण्डलाई प्रभावमा पारेका थिए। त्यत्तिबेला पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई साइज लगाएर विष्णु पौडेल र जनार्दन शर्मासंग कुम जोड्न थाले । उनैको सरसल्लाहमा ओली प्रचण्डले नेकपा नामको विशाल जहाज बनाएका थिए । यही जहाजको ओत लागेर उनी वित्तीय क्षेत्र कब्जा गर्ने मिशनमा हिडेका थिए ।


बीमा र धितो पत्र बोर्ड कब्जा गर्ने दीपकको सुत्र यस्तो थियो । यो पनि हेरौं ।


नेकपा एकतापछि विष्णु पौडेल महासचिव बने। पौडेल नेकपाको महासचिव बनेपनि तत्कालीन ओली सरकारको अर्थमन्त्रीमा डाक्टर युवराज खतिवडा थिए । तर, खतिवडा २०७७ भदौमा राष्ट्रिय सभा सदस्यको कार्यकालमा ६ महिना गैर सांसद मन्त्री हुने सुविधा पनि सकिएपछि अर्थमन्त्रीबाट विदाइ भए । उनको विदाइपछि २०७७ असोज २८ मा तत्कालीन नेकपाका महासचिव विष्णु पौडेल अर्थमन्त्री बने।


उनी मन्त्री भएको करिब पाँच महिनापछि अर्थात २०७७ माघ १९ मा सूर्य प्रसाद सिलवाल बीमा प्राधिकरणको अध्यक्ष बनाइए ।जबकि सिलवाल यश क्षेत्रका अन्जान व्यक्ति हुन्। बीमा क्षेत्रमा उनको विज्ञता लगभग शून्य हो । उनी प्रशासक हुन्। व्यवस्थापक होइनन् । तर, दीपक भट्टका पृय पात्र थिए। दीपकले निजी पुनर्बीमा लाईसेन्सका हत्याउनका लागि सिलवाल अघि सारेका थिए । जो दिपकको मोहरा सहजै बन्न सक्थे र बनेपनि ।
भट्ट र सिलवालको सम्बन्ध जोडिदिने नेता पूर्व गृहमन्त्री बामदेव गौतम हुन् उनै गौतम मार्फत सिलवाल र भट्टको मित्रता बढेको हो।

सिलवाल अध्यक्ष भएको चार महिनामा बीमा प्राधिकरणले पुनर्बीमाको लाईसेन्स खोल्यो । २०७८ जेठ १७ गते पुनर्बीमा लाइसेन्सका लागि पाँच कम्पनीले आवेदन दिए।हिमालयन रि ,प्रुडेन्सियल,अन्नपूर्ण,काठमाडौ , जेन्युन रिले आवेदन दिएका थिए।भट्टको चाहना अनुसार सिलवालले हिमालयन रिलाई लाईसेन्स थमाइदिए । त्यसको विरू्द्ध अन्य चार कम्पनी कानुनी उपचारमा जान लागेपछि एमाले अध्यक्ष केपी ओलीले सबैलाई सम्झाए । उनले यश पटक दीपक बाबुलाई दिनुपर्ने भो । अर्को पटक खोल्दा तपाईंहरूलाई म मिलाउँला भन्दै थामथुम पारे।

जब दीपक भट्टको हिमालयन रिले पुनर्बीमाको लाईसेन्स पायो । तब वित्तीय साम्राज्यमा भट्ट बिग बोस बने।बीमा प्राधिकरणमा सिलवाललाई भित्र्याएपछि सेबोनमा पनि भट्टले आफू अनुकूलका मान्छे भित्र्याउन चाहान्थे। ती अनुहार मध्येका थिए,रमेश हमाल ।देउवाका समेत निकट मानिने रमेश हमाललाई सेबोनमा भित्र्याएर शेयर बजार पनि कब्जा गर्ने दीपकको रणनीति थियोे ।

तत्कालीन राष्ट्रिय योजना आयोग उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल संयोजकत्व समितिले रमेश हमाल ,गोपाल भट्ट र कृष्ण पोखरेललाई सिफारिस ग¥यो । तर, भट्टको इच्छा अनुसार तत्कालीन ओली सरकारले २०७८ फागुन ५ गते रमेश हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गर्यो। भट्टले हमाललाई नियुक्त गरेपछि हिमालयन रिमा जस्तै आउने टुंगो नै नभएको कम्पनीको शेयर प्रिमियमा बेचे । आइपीओ प्रिमियममा निष्काशन गर्न अनुमति दिदा उठाएको कमिसनको विषयले भट्ट र हमालबीच विवाद चुलियो । यो विवादको विषय अख्तियारमा विचाराधीन छ ।


२०७८ असारमा ओली सरकार ढल्यो । त्यसपछि भट्टको दोस्ती प्रचण्ड ,देउवा र जनार्दनसंग बाक्लो हुन थाल्यो । यद्यपि भट्टल पाँच वर्ष अघिदेखि नै सम्बन्ध राम्रो बनाएका थिए। जता जता बाहुन बाजे , त्यतै त्यतै स्वाह भन्ने मार्काका धुर्त व्यापारी दीपकले नेकपा फुटेपनि नेताहरूसंग उनको सम्बन्ध निकै प्रगाढ बनाइरहे । उनी लघु बीमा पनि कब्जा गर्न चाहान्थे। त्यसका लागि अर्थमन्त्रीमा झन् सजिला मानिसको खोजिमा थिए । भाग्यमा भएपछि डोकोमा दुध पनि अडिन्छ भने जस्तै दिपकका अति पृय मान्छे, जनार्दन शर्मा अर्थमन्त्री भएर आए । जनार्दन अर्थमन्त्री र शेरबहादुर देउवा प्रधानमन्त्री थिए। उता बीमामा सूर्यप्रसाद सिलवाल थिए।


२०७९ मंसिरमा प्राधिकरणले भट्टलाई गार्डियन माइक्रो,केष्ट माईक्रो र लिवर्टीको लाईसेन्स दियो। निर्जिवनतर्फ ट्रष्ट माईक्रो , नेपाल माईक्रो ,स्टार र प्रोटेक्टिभ माईक्रो ईन्स्या्रेन्सको लाईसेन्स पनि पाए। ३१ वटा लघु बीमा कम्पनीले आवेदन दिए । तर, उनीहरुले पाएनन् । सबैको लाइसेन्स भट्टले पाए । किनकि प्रचण्ड ओली र देउवा उनका दाहिना थिए।


राजनीतिक तथा प्रशासनिक पहुँच बनाएका दिपकले घरानियाँ, सुलभ अग्रवाल ,शेखर गोल्छा,रामचन्द्र सांघाइलाई यो वित्तीय साम्राज्यमा जोडे। नेपाल पुनर्बिमा कम्पनीलाई टाँट पल्टाएर हिमालयन रिको राज चलाउने मात्रै होईन, हिमालयन स्टकएक्सचेन्ज मार्फत पूँजी बजार पनि कब्जा गर्ने उनको रणनीति थियो । त्यो उदेश्य प्रकृयामै रहदाँ जेनजी विद्रोह भयो, २१ फागुनको चुनावपछि बालेन सरकार बन्यो। सरकारको एक्सनमा उनको व्यापार साम्राज्य पर्यो ।२६ अर्ब बढीको उनले बीमा र शेयरमा अवैध धन थुपारेपछि दीक यतिबेला प्रहरी खोरमै छन् । ०००००

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १२ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित