७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

हाइप्रोफाइल पक्राउ सूची ! आरजु र मन्जुतिर अनुसन्धानको सुइँ !


२० कार्तिक २०८३, बिहिबार  


संयोग भनौ या समयको खेल ! नक्कली भुटानी शरणार्थी प्रकरणमा त्यस्तै सन्दर्भ मिल्यो र जुट्यो । विगतमा टोपबहादुरको जसले पक्राउ गरेका थिए । उनै डा। मनोज केसी निर्देशनमा रिहाइको पनि हुने भएको छ । हालका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा। मनोज केसी तथा त्यत्तिबेलाका एसएसपी डा. मनोज केसीकै नेतृत्वमा २०८० बैशाखमा पक्राउ परेका थिए एमाले पूर्व सचिव टोपबहादुर रायमाझी। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुुसन्धानमा काबिल क्षमता देखाएका डा। केसी प्रहरी प्रमुख भएकै बेलामा एमाले पूर्व सचिव रायमाझी रिहाइ हुने भएका हुन् ।

टोपबहादुरदेखि आरजुसम्म नक्कली भुटानी शरणार्णी जस्तो गम्भीर अपराधको गहिरो अनुसन्धान गर्ने पनि यीनै तत्कालीन एसएसपी तथा हालका नवनियुक्त प्रहरी महानिरीक्षक डाक्टर मनोज केसी हुन् । नक्कली भुटानी शरणार्थी प्रकरण जस्तो भयानक नेपालको ठूलो अपराधमा मुछिएका पूर्व उपप्रधानमन्त्री तथा एमाले पूर्व सचिव टोपबहादुर रायमाझी ठ्याक्कै यही बेला जेल सजाय भुक्तान गरेर रिहा हुँदैछन् । डाक्टर केसीले प्रहरीको कमान्ड सम्हाल्दा एमाले पूर्व सचिव टोपबहादुर रायमाझी रिहाइ यही कार्तक २६ गते हुदैछन्। जुन मुद्दाको अनुसन्धानले डाक्टर केसीलाई आज नेपाल प्रहरीको कमान्डर बनाउन ठूलो योगदान पुरायो। त्यही मुद्दामा जेल सजाय भुक्तान गरिरहेका रायमाझी पनि रिहाइ यहि बेला हुनु आफैमा संयोग मात्रै होइन,रोचक पनि छ।


उनै तत्कालीन एसएसपी डाक्टर मनोज केसी प्रहरी महानिरीक्षक बनेका छन् । नक्कली भुटानी शरणार्थीको फाइल अनुसन्धानमा उनले देखाएको दक्षता, क्षमता र सक्रियताले उनी महानिरीक्षकको फूली लगाउन ठूलो योगदान दिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख ९एसएसपी० हुँदा डा। मनोज केसीकै नेतृत्वको टोलीले लामो समयदेखि रोकिएको भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई अघि बढाएको थियो। यही कमान्डले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लगायतका उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।


२०८० साल बैशाख १३ गतेका मिति हो। आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलेको आरोपमा एमालेका पूर्व सचिव टोपबहादुर रायमाझी काठमाडौको बुढानिलकण्ठमा पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सलग्न रहेको आरोपमा पक्राउ पूर्जि जारी भएको ११ औँ दिनमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका हुन् । पक्राउ पर्ने डर भाग्दै गरेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलको हावा आएको पनि तीन वर्ष बढी भैसक्यो ।

गएको असारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलगनहरुलाई सजाय र जरिवानासहित काठमाडौ जिल्ला अदालतले फैसला गरेको थियो । तिनै व्यक्तिहरु मध्ये टोपबहादुर रायमाझीलाई चार वर्षको कैद सुनाइएकोमा उनलाई यही कार्तिक २६गते रिहा गर्न अदालतले डिल्ली बजार कारागारलाई पत्रचार गरेको बताइएको छ । अदालतले रायमाझीलाई ज्येष्ठ नागरिक सुविधा अन्तर्गत २५ प्रतिशत कैद छुट दिँदै यही साल २०८३ कात्तिक २६ गते कैदमुक्त गर्न पत्राचार गरेको हो।
जिल्ला अदालत काठमाडौको यही साल २०८३ असार ३० गतेको सजाय निर्धारण फैसलाले रायमाझीलाई विभिन्न कसुरमा गरी कुल ४ वर्ष कैद, ४० हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा १६ सय रुपैयाँ क्षतिपूर्ति शुल्क दाखिला गर्ने ठहर गरेको थियो। टोपबहादुर रायमाझी २०८३ कात्तिक २५ गते ६५ वर्ष पूरा हुने भएकाले उनलाई जेष्ठ नागरिकसम्बन्धी कानुनी प्रावधानबमोजिम सजायमा छुट दिइएको अदालतले उल्लेख गरेको छ।

६५ वर्ष पूरा भएपछि उनलाई तोकिएको ४ वर्ष कैदको २५ प्रतिशत अर्थात् १ वर्ष कैद छुट पाउने गरी अदालतले कात्तिक १३ गते आदेश दिएको हो । यस छुट कैद घटाउँदा रायमाझीले ३ वर्ष कैद मात्र भुक्तान गर्नुपर्ने ठहर भएको छ। नेपालकै इतिहासको बदनामी काण्ड हो, नक्कली भुटानी शरणार्थी प्रकरण । विश्व जगतमा पनि नेपालको बदनाम कमाएको यस प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाडेसहित ठूला माछाहरु संलग्न थिए । उनीहरु सबैको विषयमा अदालतले फैसला पनि गरेको छ । तिनै मध्ये ६५ वर्ष उमेर पुगेकै कारण टोपबहादुर रायमाझीले यो सुविधा पाएका हुन् । अन्यले फैसला अनुसार सजाय भोग्नेछन्, जरिवान तिर्नेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल हालका नेपाल प्रहरी एआइजी डाक्टर मनोज केसी हुन्।

उनी एसएसपी भएको बेलामा यो फाइल उधिनिएको थियो । तत्कालीन प्रचण्ड नेतृत्वका गृहमन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला २०८० चैत १२ गते यो भयानक काण्डको पर्दाफास भएको थियो । कांग्रेसका नेता २०८० मंसिरमा ३० लाख धरौटी राखेर रिहा भएका थिए । यो प्रकरणको लहरो देउवा पत्नी आरजु राणा र मन्जु खाणसम्म सोझिएपछि तत्कालीन प्रचण्ड सरकार ढलेको थियो । २०८० फागुनमा प्रचण्डले देउवासंग सत्ता सहयात्रा तोडेका थिए भने ओली देउवाले २०८१असार १५ मा सत्ता जोडेका थिए । यस्ता भयानक काण्डकै कारण ओली देउवाको गठबन्धन सरकार आलोचित मात्रै भएन, २०८२ भदौको युवा विद्रोहले उनीहरुको राजनीति समेत समाप्त भएको हो । पछिल्लो समय ओली नेतृत्वको एमाले रक्षात्मक बनेको छ, भने देउवा एउटा सानो समूह बोकेर कांग्रेस आफ्नै भएको दाबी गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि भिजिट भिसाले नेपालको छवि धुमिलिने मात्रै गरेनन्, अन्तर्राष्ट्रिय जगतमा नेपालमाथि गम्भीर प्रश्न पनि उठेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर लगायतका मुद्दाको फैसला र कैद भुक्तान भएपनि यो मुद्दा अझै जीवित छ । सम्भवतः यो मुद्दाको सरकारले थप अनुसन्धान गर्ने गरी पाइलो बढाएको छ । टोपबहादुरहरुको मुद्दाको फैसला भएपनि त्यत्तिबेला शक्तिको आडमा रोकिएको अनुसन्धान अब सरकारले फेरि अघि बढाउँदैछ । त्यसका लागि सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर अनुसन्धानमा काबिल डाक्टर मनोज केसीलाई प्रहरीको कमाण्डर बनाएको हो । डा। केसीकै निर्देशनमा अब नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल अघि बढाउने भएको छ । अबको अनुसन्धानले आरजु राणा, मन्जु खाँण लगायतका अलिहेसम्म सुरक्षित भएकाहरु पनि पक्राउ पर्नेछन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  ५ : ५१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित