१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

कीर्तिपुरका उद्यमीलाई कुमारी बैंकबाट उद्मशीलताकाे प्रशिक्षण !


२२ मंसिर २०८१, शनिबार  



कुमारी बैंकले कीर्तिपुरमा महिला उद्यमीलाई वित्तीय प्रशिक्षण दिएको छ ।

युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि यस्तो प्रशिक्षण दिइएको हाे।

वर्ष भरी नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्धन तथा विकास हुने विश्वास लिएको छ।

कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारणका काम समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय तहमा रहेका उद्यमी सोचहरुको प्रवर्धन तथा विकासमा टेवा पु¥याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १२ : ४७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित