११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

ग्लोबल आइएमई बैंक लखनपार्क घोराही शाखाबाट विद्यार्थीलाई वित्तीय साक्षरता


१० चैत्र २०८१, सोमबार  


ग्लोबल आइएमई बैंक लखनपार्क घोराही शाखाले कलेजका विद्यार्थीलाई वित्तीय तथा डिजिटल कारोबार सम्बन्धि साक्षरता दिएको छ।

शाखाले सोमबार दाङ भ्याली कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय तथा डिजिटल कारोबार बारे जानकारी दिएको शाखा प्रमुख उमंग अधिकारीले जानकारी दिए।


विद्यार्थीहरूमा वित्तीय तथा डिजिटल कारोबार बारे सचेतना दिने उदेश्यले कार्यक्रमको आयोजना भएको शाखा अधिकारीले बताए ।

दाङ भ्याली कलेजको व्यवस्थापन संकायमा दोश्रो वर्षका लागि अध्ययनरत छात्रछात्रालाई साक्षरता कक्षा दिइएको हो। एक सय बढी छात्रछात्रालाई बैंकिङ कर्जा,बचत,डिजिटल प्रविधि र कारोबार लगायतका विषयमा कक्षा दिइएको हो।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ३ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित