प्रचण्ड र ओलीको काखमा हुर्किएका चतुर र विवादास्पद मेडिकल व्यवसायी हुन्, दुर्गा प्रसार्इँ । राजनीतिको शान्त तलाउमा ढुंगा हानेर सबैको ध्यान खिच्न माहिर मात्र हुन् ।
उनी गोविन्द केसीको निजी मेडिकल कलेज आन्दोलनको प्रत्यूउत्पादकको रुपमा उदाएका उनले सोमबार आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरी आफू राजावादी नभएको बताए ।
आफूलाई राजेन्द्र लिंग्देनले नेतृत्व गरेको राप्रपाले आफूलाई फसाएको बताएका छमन् । झापामा एक वृद्धको जग्गा ठगी गरेको आरोप लागेका लिंग्देनमाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि भारतबाट गाडी चोरेर जिविकोपार्जन गरेको आरोप लगाएका छन् ।
मेडिकल व्यवसायी प्रसाई माथि सरकारले वित्तीय ठगको आरोप लगाएको थियो । लघुवित्तदेखि बैकको ऋण नतिर्ने आह्वान गर्दै उनले देशभर अभियान चलाएका थिए । बैकको ऋण नतिर्ने ठूलो ठगको समूह उनको पछि लागेको थियो । २०८० फागुन १ गते पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापामा बोलाएर राष्ट्र धर्म संस्कृति र नागरिक जोगाउ भन्ने अभियान प्रारम्भ गरेका थिए ।
त्यस यता युट्युबर बोकेर नेताहरुलाई गाली गलौज गर्दा सामाजिक सन्जालको बजार तताएका उनी दुई पटक प्रहरी खोरमा गए । प्रधानमन्त्री ओलीको कम्बोडियामा ३२ अर्ब लगानी भएको भ्रम फैलाएका उनी पछिल्लो समय चैत १५ गतेको विध्वसंमा मुछिए । तीनकुनेमा भएको राजावादी आन्दोलनको सडक कमाण्डर तोकिएका उनी प्रहरीलाई आफ्नै गाडी कुच्दै भागेर भारत पुगेका थिए ।
लगभग एक महिनापछि भारतको सिलगुढीबाट प्रसाईलाई प्रहरीले पक्राउ गरेको थियो । करिब ४ महिना जेलको हावा खाएर निस्किएका उनले पहिलो पटक पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर छुरा हानेको समेत आरोप लगाए ।
सधै ठूलो उद्योगी र व्यापारीहरुको खेदो खन्दै आएका उनीमा जेलपछि पनि शैलीमा कुनै सुधार भएको देखिन्न । सधै अन्टसन्ट बोलेर सधै चर्चामा आइरहने उनको आदत छ। शुरुमा लघुवित्त पीडितहरुको आवाज बोलेका प्रसाई राजा बोक्दै आए । तर, राजसंस्था पुर्नस्थापनाको आन्दोलनमा प्रसाई कुनै पनि समूहसंग मिल्न सकेनन् । उनको उग्रताप्रति अधिकांश राजावादी त्रसित छन् । प्रसाई जेल गएसंगै राजावादी आन्दोलन पनि सेटब्याक भयो ।
गएको फागुनमा पूर्व राजा ज्ञानेन्द्रको पोखराबाट काठमाडौ फर्किदा ठूलो जमात जुटेका थिए । तर, त्यो जमात लामो समयसम्म टिक्न सकेन । पीडितहरुको मुद्दा उठाएर चर्चामा आएका प्रसाई अन्तमा लिंग्देनमाथि गम्भीर आरोप लगाएर आफू राजावादी नभएको प्रष्ट्याए ।
मेडिकल कलेजको सम्बन्धन नपाएर रन्थनिएका प्रसाई एकाएक चर्चामा आए। सामाजिक सन्जालमा चर्का कुरा गरेर उनको चर्चा चुलियो । अशिष्ट, असभ्य र अराजक प्रस्तुतीलाई आफ्नो ब्राण्ड बनाएका प्रसाईले आफू बाहेक सबैलाई बेठिक ठान्छन् । ६ सय करोडको सम्पत्तिको मालिक भएको दाबी गर्ने प्रसाई अरुलाई बैक तथा वित्तिय संस्थाको ऋण नतिर्न उर्दी जारी गरेपनि उनले बैकको साँवा व्याज नियमित तिदै आएका छन् ।
सडकलाई भड्काएर राजनीतिक स्वार्थ पूरा गर्ने उदेश्य चैत १५ ले पनि नदिएपछि उनी धेरै मत्थर भएका छन्, भने उनी धेरै मत्थर भएका छन् । क्रमश उनका अनुयायीहरुले पनि उनलाई छोड्दै गएका छन् । कुनै राजनीतिक सिद्धान्त,विचार र कार्यदिशा स्पष्ट नभएका प्रसाई भीडको नेता बने।तर, अन्तमा उनी आफ्नै कारण रक्षात्मक अवस्थामा पुगेका छन् । ०००








