३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

नायकको तेजोबध गरिरहेका ‘खलनायक’ उर्जा मन्त्री खड्का


७ चैत्र २०८१, शुक्रबार  


मन्त्रीको कद र पदको हेक्का नराख्ने एक जना मन्त्री हुन, दीपक खड्का । मन्त्री भएदेखि फत्तुरको खेती गरेर कुलमानलाई हैरानी बनाउनु नै उनले मन्त्रीको ठाने झै गरिराछन्।

कुलमानमाथि उनको यति धेरै आरिष देखिन्छ कि जहाँ आफ्नै पदको धज्जी उडाइरहेको हेक्का राखेको देखिन्न।मामुली कर्मचारी खेद्नै व्यस्त लज्जित पात्रको गोरख धन्दाप्रति सरकार भने रमिते छ।

भारतले नेपाललाई दया गरेर सित्तैमा विजुली दिएको भन्दै निस्वस्त्र भइरहेका उनले कुलमानविरू्द्ध उस्तै गरि विषबमन गरिरहेका छन् ।

ऊर्जामन्त्री दिपक खड्का पदबहालीदेखि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लखेट्ने उनको भगीरथ प्रयास छ । तर, उनको अनेकौं फत्तुरहरू निस्काम भइरहेको छ। उनको कुनै जोर चलिरहेको छैन ।

मन्त्रीले दुई महिनामा तीनपटक स्पष्टीकरण सोध्दा, प्राधिकरणकै कार्यालयमा आफ्नो कार्यकक्ष खडा गर्दा, कार्यसम्पादनमा शून्य अंक दिँदा पनि कुलमान टसमस छैनन् ।

मरिच चाउरियो, आ फ्नै रिसले भने झै कुलमान रिसले चाउरिएका छन् । माफियाको बाउरे भएका छन् । सरकारको पूर्ण स्वामित्व रहेको प्राधिकरण हो, जसको सञ्चालक समिति अध्यक्षमा ऊर्जामन्त्री स्वयम् रहने कानूनी व्यवस्था छ । त्यस हिसाबले अहिले प्राधिकरणका उनी अभिभावक हुन्। तर, उनका अभिव्यक्ति सुन्दा अभिभावकत्वको गन्ध कतै पनि आउँदैन, बरु उनी निर्लज्ज ढंगले नाङ्गै भएर प्राधिकरण र यसका कार्यकारी निर्देशकको उछितो काढ्न तल्लीन छन् ।

मन्त्री खड्काले दुईपटक संसदको रोष्टममा उभिएर जुन अभिव्यक्ति दिए, त्यसले उनकै पदीय गरीमाको धज्जी उडेको सबैले महशुल गरेका छन् । तर, सत्तारूढका नेता उनको नाटकलाई ताली बजाइरहेका छन् ।उनी त्यही तालमा मानसिक समस्या भए झै गरिराछन्।यति मात्रै छैन , उनले बोलेका शब्दहरू अति गैरजिम्मेवार र देशकै आत्मसम्मानमाथि गम्भीर ठेस पुर्‍याउने खालका छन् ।
तैपनि उनी भनिरहेका छन् , लोडसेडिङ हुन्छ ,लोडसेडिङ अन्त्य कुलमानले गरेका होईनन्,भारतले गरेको हो।

कुलमान ‘उज्यालो नेपाल’ अभियानका नायक होइनन्।विद्युत प्राधिकरणले नाफा कमाएको भनेर भ्रम फैलाइयो, तर खासमा प्राधिकरण अर्बौं घाटामा छ।यस्तै यस्तै अभिव्यक्ति छ, उर्जा मन्त्री खड्काको ।

२०७३को लक्ष्मी पूजा अघिको कुनै समय नेपाल अत्यासलाग्दो अन्धकारमा थियो । प्रत्येक दिन १८ घन्टासम्मको लोडसेडिङ नेपालीहरूले खेपेका हुन् । युवाहरु देशभित्र बस्नै नचाहने एउटा प्रमुख कारण लोडसेडिङ पनि थियो ।

कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि लोडसेडिङको अन्धकारबाट देशले त्राण पाएको यथार्थ हो । एकल श्रेय दिन नमिल्ला, तर केन्द्रमा उनै थिए र हुन् पनि । कुलमानले आन्तरिक उत्पादन कति बढाए, प्राधिकरणमा कति व्यवस्थापकीय सुधार गरे, विदेशबाट कति आयात गरे छुट्टै विश्लेषण गर्न सकिएला, तर लोडसेडिङ अन्त्य गरेको सबैभन्दा ठूलो जस जनताले कुलमानलाई नै दिएका छन् । उनलाई ‘उज्यालो अभियानका नायक’ को उपमा सरकारले होइन, जनताले दिएको यथार्थ हो।

कुलमानले केही गडबडी गरेका भए मन्त्रीले आन्तरिकरूपमा छानबिन गरेर पुष्टि गर्ने हो, कारवाही गर्ने हो । बाहिर अलापविलाप गर्दै नाङ्गै हिँड्ने होइन । प्राधिकरणभित्र कुनै अनियमिता भएमा अख्तियारले छानबिन गर्न सक्छ । कुलमान कानूनभन्दा माथि छैनन् ।उनलाई पनि थाहा छ।

तर,मन्त्री खड्का भने ‘नेपालको लोडसेडिङ कुलमानले होइन, भारतले हटाइदिएको’ नयाँ भाष्य स्थापित गर्न लागिपरेका छन् । दुईपटक उनले संसदमा यही शब्द बोले, जुन निकै खेदजनक छ । भारतको बिजुलीले नेपालको विद्युत अभाव पूर्ति गर्न केही सहयोग गरेको अवश्य हो ।

तर, भारतले नेपालको माया लागेर सित्तैमा बिजुली दिएको होइन । नेपालले महंगो रकम तिरेर भारतसँग बिजुली किनेको हो । यो भारतको कृपा होइन व्यापार हो । कुनै पनि देश सबै कुरामा आत्मनिर्भर हुँदैनन् र हुन सक्दैनन् । अन्य देशहरूसँग वस्तु र सेवाको खरिदबिक्री गर्नैपर्छ ।

हाम्रो दुर्भाग्य चाहीँ हामी खरिद अत्यधिक र बिक्री न्यून अनुपातमा गर्छौं । तर, जेसुकै भए पनि खरिद गर्नु भनेको भीख मागेजस्तो होइन ।बहालवाला मन्त्री भीख मागे भाष्य निर्माण गरिरहेका छन्।


आयात र निर्यात हुन्छ ।यो बजार नीति पनि हो।तर, विदेशबाट वस्तु आयात गरिनु हिनतावोधको विषय होइन, यद्यपि राज्यको नीति चाहीँ आयात घटाउने र निर्यात बढाउने हुनुपर्छ । भारत आफैँ लोडसेडिङबाट मुक्त हुन सकिरहेको छैन भने हाम्रो लोडसेडिङ उसले हटाइदियो भनेर भन्ने नैतिक अधिकार नभएका अनैतिक मन्त्री हुन् खड्का ।

खड्का आफैँ पनि एक जलविद्युत व्यपसायी हुन्। उनले पनि यश क्षेत्रमा लगानी गरेका छन् । मन्छियाम हाइड्रोपावर लिमिटेड र लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीका अध्यक्ष तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० का सल्लाहकार रहेका छन् । उनी मन्त्री बन्नु अगाडिसम्म जलविद्युतसम्वन्धी नीतिहरूलाई लगानीकर्ता अनुकूल बनाउन दौडधुप गरिरहेका थिए ।

त्यो आ फ्नो निहित स्वार्थमा कुलमान बाधक भएपछि प्राधिकरणमा ‘एस म्यान’ ल्याउन उनी पदीय मर्यादा विर्सिएर कुलमान हटाउन जोरजुलुम गरिरहेका हुन्।
विद्युत आयोजना प्रमुख, वितरण प्रमुख, प्राधिकरणको सहायक कम्पनीका प्रमुख कार्यकारीलगायतको नियुक्तिमा मन्त्रीले मोलाहिजा गर्न पाएका छैनन् । प्राधिकरणका ठेक्कापट्टहरूमा पनि उनले हस्तक्षेप गर्न सकेका छैनन् । यसले गर्दा ठूलो शुभलाभको अवसर आफूले गुमाइरहेको ठानेका छन् मन्त्री खड्काले ।


उनको नाङ्गो प्रदर्शन यतिसम्म भैसक्यो कि, नेपालमा लोडसेडिङ हुदैछ भन्न थालेका छन् ।कुलमानको तेजोबध गर्ने धृष्टतामा रहेका मन्त्री खड्काले नेपालमा लोडसेडिङ फेरि हुने भन्दै त्रास सिर्जना गरिदिएका छन् । यसो भनिरहँदा उनले आफू उर्जा मन्त्री भएको विर्सिने गरेका छन् । विद्युत अपर्याप्त छ भने यसको समाधानका लागि कार्ययोजना बनाउनु पर्ने मन्त्री चाला मतिभ्रष्ट देखिन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ९ : ०० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित