१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

कांग्रेसले भन्यो – ‘शुक्रबारको हिंसाको जिम्मेवार ज्ञानेन्द्र शाह हुन्’


१५ चैत्र २०८१, शनिबार  



सत्तारूढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको हिंसाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

बुढानिलकण्ठमा शनिबार सम्पन्न काङ्ग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो। ज्ञानेन्द्र शाहकै सुनियोजित योजनामा हिंसात्मक गतिविधि चलाएकोले शाह मुख्य दोषी भएको कांग्रेसको दाबी छ।

देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको दाबीसहित सम्पूर्ण घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् ।

त्यसैगरी कांग्रेसले संविधान पक्षधर सबै राजनीतिक दलका नेताहरुसँग सर्वपक्षीय छलफल गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ८ : ०० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित