१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

गुणस्तरीय शिक्षाका लागि हामी क्रियाशील छाै: वडाध्यक्ष थापा


२ आश्विन २०८१, बुधबार  


थाक्रे गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिराबहादुर थापाले गुणस्तरीय शिक्षाको लागि सबै जुट्नु पर्ने बताएका छन् । सबैको साझा संकल्पबाट शिक्षामा सुधार गर्न सकिने उनले बुधबार धादिङको थाक्रेमा आयोेजित एक कार्यक्रममा बताएका हुन्।


सेतीदेवी माध्यमिक विद्यालयको प्राङगणमा भएको कार्यक्रममा उनले शिक्षा क्षेत्रको सुधारमा जोड दिएका हुन्,। शिक्षा क्षेत्र राम्रोसंग बुझेका वडाध्यक्ष “शिक्षाको गुणस्तरीयताका लागि निरन्तर क्रियाशील छन् । बालबालिकामा लगानी सुनिश्चित भविष्यका थालनी”भन्ने नारा सहित कार्यक्रम आ योजना गरिएको हो।

कार्यक्रममा विद्यार्थीहरूले विभित्र विज्ञानसंग सम्बन्धित सामग्री प्रदर्शन गरेका थिए। कार्यक्रममा संघीय सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् । सरकारी लगानी कम हुँदा शिक्षामा सुधार आउन नसकेकोले विज्ञान र प्रविधिमा लगानी अभिवृद्धि गरिनुपर्ने उनीहरूको धारणा छ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ९ : ०१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित