२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

कार्यालय खुलेपछि पूर्व सभामुखको सम्मान लागि राष्ट्रिय शाेकमा सार्वजनिक विदा दिने सरकारी निर्णय !


३ मंसिर २०८१, सोमबार  


सरकारले साेमबार सार्वजनिक विदा दिन निर्णय गरेको छ। पूर्व सभामुख दमननाथ ढुंगानाकाे निधनकाे शाेकमा साेमबार सार्वजनिक विदा दिने निर्णय भर्खरै सम्पन्न मन्त्रिपरिषद्काे बैठकले गरेको हाे। जबकि पूर्व सभामुख ढुंगानाकाे निधन आईतबार भएको थियोे ।

अधिकांश कार्यालय खुलेपछि बल्ल पूर्व सभामुख ढुंगानाकाे निधनकाे शाेकमा सार्वजनिक विदा निर्णय गरिएको भन्दै सरकारकाे आलाेचना भएको छ। पत्रकार गजेन्द्र बुढाथोकीले विद्यालय ,सरकारी कार्यालय ,विभित्र संघ संस्थाकाे कार्यालय खुलेपछि सार्वजनिक विदाकाे निर्णयले अन्याैल भएको टिप्पणी गरेका छन् । सबै अध्ययन तथा अफिसका लागि गन्तव्य पुगिसकेका छन् । अब घर फर्किने कि के गर्ने भन्दै सञ्जालमा टिप्पणी गरेका छन् ।
उता,सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए अनुसार आज सरकारले राष्ट्रिय सम्मानका साथ पूर्वसभामुुख दमननाथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट उनको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।

यस्तै, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको पनि उनै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १० : ०१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित