२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

कम्बोडिया भ्रमणमा दलका नेताकाे लर्काे ! संयाेग कि सुनियोजित ?


६ मंसिर २०८१, बिहिबार  



सत्तारूढ एमाले मंसिर ७ काठमाडौमा जागरण सभाकाे आयाेजना गर्याे। सामाजिक अराजकताकाे प्रतिरोध गर्न भन्दै सत्ता र सडकमा उभिएको छ,यतिबेला । मंसिर ७ गतेकाे जागरण सभाकाे कमान्डर एमाले नेता डाक्टर राजन भट्टराई ताेकिएका थिए ।

मंसिर ७ लक्षित गरेर विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिन अघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकाे कम्बोडियामा रहेको एक बहुराष्ट्रिय कम्पनी स्मार्ट एक्जिटनमा साढे अर्ब नेपाली रूपैयाँ लगानी भएको दाबी गर्दै पत्रकार सम्मेलन मार्फत एउटा चिर्कटाे सार्वजनिक गरे।

उनलेे फेक डकुमेन्ट सार्वजनिक गरेर प्रधानमन्त्री ओलीकाे चरित्र हत्या गरेको भन्दै विद्युतीय काराेबार ऐन अन्तरगत यतिबेला प्रहरी खाेरमा छन् । त्यसको केही दिनमै एमालेका जागरण सभा कमान्डर कम्बोडिया हानिए। प्रधानमन्त्री ओलीका निकट विश्वास पात्र मानिएका भट्टराईकाे कम्बोडिया उडानले थप संशय थपेको छ। मेडिकल व्यवसायीकाे आराेपलाई बल पुगेको टिप्पणी हुने गरेको छ। बाघ कराउनु बाख्रा हराउनु संयाेग मात्रै नभएको तर्क एकथरी थरीले गरिरहेका छन् ।
यत्तिकै बेला सभामुख देवराज घिमिरेसहित १३ सदस्यीय दलका नेताहरूकाे डप्फा त्यतै कम्बोडियातिर उडान गरेको छ।
नेताहरूमाथि भ्रष्टाचारकाे आराेप लागिरहेको बेला र कम्बोडियामा लगानी भएको चर्चा चुलिएको बेला देखिएको याे लर्काेले प्रशस्तै आशंका गर्ने ठाउँ मिलेको छ।यद्यपि दलका नेताहरू आईक्यापकाे कार्यक्रम सहभागी हुन गएको बताएको छ।

विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै नक्कली कागजपत्र बनाएर सामाजिक सञ्जालमा राखेपछि चर्चामा चुलिएको छ,कम्बोडियाकाे विषय ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको लगानी विदेशमा रहेको चर्चा चलिरहेको बेला एमाले नेताहरु कम्बोडिया जान लागेको भन्दै सामाजिक सञ्जालमा चर्चा चल्यो ।एमाले नेताहरु ओलीको कम्बोडियामा भएको लगानीको लुकाउन जान लागेका हुन् भन्दै सामाजिक सञ्जालमा आराेपकाे खात छ।

माओवादीसहित विपक्षी दलका कतिपय दोस्रो तहका नेताले पनि एमाले नेताहरु कम्बोडिया जान लागेको भन्दै आलोचना गरेका थिए ।तर, राष्ट्रिय राजनीतिकका अधिकांश दलका नेताहरु कम्बोडिया उडेका छन् ।

आजबाट हुने आईक्यापको १२ औं अधिवेशनमा भाग लिन गएका १३ नेताको विवरण सार्वजनिक भएको छ ।भ्रमण टोलीमा एमालेबाट डा. राजन भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । टोलीमा कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादीका अग्निप्रसाद सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी ,जनमतको डाक्टर सीके राउत र परिवार दलका एकनाथ ढकाल रहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ८ : ०१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित