२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

पाँच लाख आप्रवासीको वैधता खारेज गर्दै ट्रम्प प्रशासन,अप्रिल २४ भित्र अमेरिका छाड्न चेतावनी


८ चैत्र २०८१, शनिबार  


ट्रम्पको प्रशासनले अमेरिकामा रहेका पाँच लाख भन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता खारेज गर्ने भएको छ।

अमेरिकी सङ्घीय सरकारले आउँदो २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा त्यस भन्दा अघि नै अमेरिका छाड्न चेतावनीसहितको सूचना जारी गरिएको हो।

यस अघि बाइडेन प्रशासनले सिएचएनभी कार्यक्रमको रूपमा प्रायोजन गर्दै ५ लाख ५३ हजार आप्रवासीलाई अमेरिका भित्र्याएको थियो।

सन् २०२२ मा बाइडेनले भेनेजुएलाका नागरिकबाट यो कार्यक्रम सुरु गरेका थिए। त्यसपछि अन्य देशमा पनि यो कार्यक्रम सरेको थियो।

शुक्रबार बाइडेनको कार्यक्रमले अमेरिकीको अवसर गुमेको भन्दै नयाँ सूचना जारी गरेको हो। यो निर्णयको असर क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट अमेरिकामा पुगेका मानिसमा पर्नेछ।

यसैगरी रुस र युक्रेन युद्धको कारण अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनीको अस्थायी कानुनी मान्यता भङ्ग गर्ने योजनामा पनि ट्रम्प प्रशासन रहेको बताइएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ७ : ०१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित