हुन त ‘केक’ नेपाली परिकार होइन, तैपनि कुनै पनि महोत्सव, पर्व या भनौं कुनै खुशीयाली मनाउन केक अनिवार्य जस्तै भइसकेको छ ।
जनमानसमा केकले आफ्नो छुट्टै छाप बनाइसकेको छ । बालबालिकादेखि बृद्धसम्मको जन्मदिनमा केक काट्दै खाइरहेको तस्बिर सामाजिक संजालमा छ्यापछ्याप्ति देख्न सकिन्छ ।
संस्थाको वार्षिकोत्सव, विवाह, एनिभर्सरीमा पनि केक विना नहुने भइसक्यो । आजकाल त आमा–बुबाको मुख हेर्ने दिन, गुरु पूर्णिमा र भाईटिकाको दिन केक लिनको लागि लामो लाइन नै बस्नुपर्ने जस्तो भइसक्यो ।
यस्तो छ,’केक’को इतिहास
पछिल्लो समय संसारभर प्रचलनमा रहेको परिकार हो।यसको उत्पत्ति ५५ सय वर्ष पहिले इजिप्टमा भएको थियोे ।बेकबाट केक हुँदै विश्वभर फैलिएको
केक शब्द भाइकिंग मूलको नोर्स शब्द “काका” बाट आएको हो । केकको प्रचलन प्राचीनकालदेखि नै रहेको देखिन्छ ।
प्राचीन इजिप्ट र ग्रीस जस्ता सभ्यताहरूमा पिठो, मह र फलफूल जस्ता साधारण सामग्रीहरू मिसाएर केक जस्तो परिकार बनाउने अवधारणा प्रचलित थियो । प्राचीन इजिप्टका केकहरु रोटी जस्तो देखिन्थे, जसमा अहिले क्रिम दले जस्तै मह दलेर निकै मिठास दिइन्थ्यो ।
त्यसपछि प्राचीन ग्रीसबाट चिज केक र रोमबाट किसमिस, नट्स वा अन्य फलहरु मिसाएर बनाइएको फ्रुटकेकको विकास भयो ।
१७औं शताब्दीमा मध्य युरोपमा विभिन्न प्रकारका केकहरु बन्न थाले । युरोपलाई आधुनिक केकको आविष्कारको श्रेय पनि दिइन्छ । जुन गोलो र त्यसको माथि विभिन्न किसिमको टपिन्ंसहरु हुने गर्दथ्यो ।
‘केक’माथि मैन बालेर निभाउने प्रचलन
‘केक’को इतिहास लामो भएसंगै यसको परिस्कृत पनि भएको छ। मीठो रोटी भनेर चिनिने मह रोटीमा अहिले क्रिम दलिन्छ। यसरी क्रिम दलिएको केकमाथि मैन राखेर बाल्ने र निभाउने गरिन्छ ।यस्तो प्रचलन १८औं शताब्दीमा जर्मनीबाट भएको पाईन्छ ।यद्यपि १३ औं शताब्दीमा ईंग्ल्याण्डमा केक भित्री सकेको थियोे । ब्रिटिसको साम्राज्य संगै केक पनि उपनिवेश मुलुकमा फैलियो। विशेषगरी पूर्वीय समाजमा केकको कुनै प्रचलन थिएन। यसरी केकमा मैनबत्ती राखेर जन्मदिन मनाउन सुरु भयो । त्यसवखत बच्चाको वर्ष अनुसारको संख्यामा मैनबत्ती र उसको दीर्घायूको कामना गर्दै छुट्टै एउटा मैनवत्ती दिनभरी बालिन्थ्यो ।
अन्तमा, केक खानु अघि बच्चाले आफ्नो इच्छा जाहेर गरी मैनबत्तीहरु निभाइ केक काटिन्थ्यो । त्यसबखत निभेको मैनवत्तीको धुवाँले आफ्नो इच्छालाई स्वर्ग पु¥याईदिने र इच्छा पूरा हुने विश्वास गरिन्थ्यो । क्रिश्चियन धर्म अनुसार जन्म दिनमा केक काट्नुलाई सैतानबाट मुक्ति पाएको ठानिन्छ । बाईबल अनुसार सैतान भनेको हिन्दुका देवी देवता हुन्।जन्म दिनमा यसरी केकमाथि मैन बालेर निभाएको धुवाँले सैतान भाग्ने र वर्षभरि कुनै किसिमका रोगव्याध नलाग्ने विश्वास गरिन्छ।
कहिले भित्रीयो नेपालमा ‘केक’ संस्कृति ?
नेपालमा विभिन्न पर्व वा उत्सवमा केक काट्ने चलन नेपालमा कहिलेबाट सुरु भयो भन्ने यकिनका साथ भन्न सकिने अवस्था छैन । यद्यपि यो पश्चिमा देशहरुबाट नेपालमा भित्रिएको हो भनेर प्राय सबैलाई थाहा नै छ ।
यसले संस्कृति अहिले नेपाली संस्कृतिमा एउटा अभिन्न अंगकै रुपमा ठाउँ बनाइसकेको छ पनि भन्दा फरक नपर्ला । शहरदेखि गाउँका कुनाकाप्चासम्म केक काट्ने संस्कृति फेसनका रुपमा अभ्यास भइरहेको पाइन्छ । कुनै पनि उत्सव मनाउँदा नभई नहुने परिकारको रुपमा केक जोड्न पुगेको छ ।
केक काट्ने अभ्यास कोहीले रहरले गरिरहेका छन् भने कोहीले बच्चाहरुको करले । बेकरी पसलहरुले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झनझनै बढ्दै गएको छ ।धेरैलाई असहज लागे पनि यो अभ्यास दिनानुदिन नेपाली समाजमा बढिरहेको छ ।
गएको करिब ३५ वर्ष अघि नेपालमा केकको चलन अलि व्यापक रुपमै सुरु भएको देखिन्छ । पहिले -पहिले त जन्मदिन र विवाहमा मात्र केक काट्ने चलन थियो । तर, अहिले भने नेपाली समाजको चाडपर्व एवं सामाजिक अवसरहरुमा पनि केकले एउटा अनिवार्य परिकारको रुपमा स्थान पाउन थालेको छ ।
आमा र बुबाको मुख हेर्ने दिन, बेबी सावर, भ्यालेनटाइन डे आदि अवसरहरूमा पनि हिजोआज निकै झकिझकाउका साथ सजाइएको केक काट्ने चलन व्यापक चलेको छ ।
नेवार समाजमा विवाहमा सुपारी लग्दा लाखामरि, ऐंथामरि, कल्यामरि जस्ता परम्परागत वा भनौं यहिँको मौलिक परिकार भन्दा पनि केककै चिन्ता हुन्छ । केक एउटा भने बरु राम्रै पैसा खर्च होस्, हेर्दै आकर्षक बडेमानकै चाहिन्छ ।
जन्मदिन मनाउन कि सैतान धपाउन केक काट्ने ?
हुन त समाज ग्लोबल भिलेज भएको छ।हरेक उत्पादन संस्कृति संसारभर फैलिन्छ।बदलिँदो परिवेशबाट कुनै पनि व्यक्ति ,समाज र देश अलग रहन सक्दैन ।सूचना प्रविधिको तीब्र विकास क्षणभरमै हर वस्तु तथा संसारको जुनसुकै कुनामा पनि पुग्छ।नेपालीहरू पनि पुगेका छन् ।त्यस्तै केक पनि हाम्रो समाज करिब ४ दशक पहिले भित्रीयो।शुरूमा दरबारका मानिसहरूले मात्रै केक काट्थे।तत्कालीन युरोपेली समाजमा जस्तै थियोे करिब २० वर्ष पहिले।तर,अहिले हरेक गाउँ नगरमा केकको प्रभाव छ।यसले हाम्रो आ र्थिक उत्पादनलाई पनि टेवा दिएको छ।कुनै पनि वस्तु वा संस्कृति पनि दोषरहित नहुन सक्छ।केकमा पनि केही अवगुण होलान्।तर, केक काट्नु अघि बत्ति निभाउने प्रथा हाम्रो होईन।क्रिश्चियनहरूका अनुसार सैतान धपाउन यस्तो गरिन्छ ।सैतान भनेका हाम्रो देवी देउता हुन्।जसलाई हामीले आस्था र विश्वास गर्दछौं ।
यसर्थ केक खानु भन्दा पनि सन्देश कस्तो दिन्छ रु यसको अर्थ के हो भन्ने कुरा नबुझी अन्धाधुन्ध अनुसरण गर्नु गलत हो।हाम्रो संस्कृति र परम्परा विरोधी हो। आ धुनिकताका नाममा हामी माथि सांस्कृतिक उपनिवेशीकता थोपरिएको हो। जन्म दिनमा हामी दीयो बाल्छौ,पश्चिमाहरू निभाउँछन्।यसर्थ अर्काको संस्कृति मान्दा आफ्नो अस्तित्व र पहिचान नभुलौ। मिठो स्वालिलो परिकार खाने हाम्रो जीवनशैली र संस्कार हो। जस्तै नेवार समाजमा जन्मदिनमा घरमा सुकुन्दा बालेर ठुलाबडाको हातबाट अण्डा र कपडा सगुनसँगै ठूलाबडाको हातवाट आशीर्वाद थाप्ने चलन छ । टोलमा दहि चिउरा बाँडेर मन्दिरमा दियो बाल्ने चलन छ ।
तर, अचेल दहि चिउरा बाँड्ने चलन त प्राय लोप अवस्थामै पुगिसक्यो भने हामी केकमा बालिएको मैनबत्ती निभाउने संस्कृतिमा रमाउन थालेका छौं । यस्तै हो भने केही वषर्मा हाम्रा संस्कृति सायद किताबमा मात्र सीमित हुनेछन् ।
यसर्थ ‘केक’को प्रचलन बढ्दै जाँदा हाम्रा रैथाने सांस्कृतिक परिकारहरु विस्थापित हुँदै गइरहेको छर यो चिन्ताको विषय हो । हाम्रा मौलिक संस्कृति ,संस्कार, जीवनशैली ,दर्शन र व्यवहार हराउँदै जाने र पराइको संस्कृति हाबी हुँदै गएमा भोलिको दिनमा हाम्रो मौलिकता के बाँकि रहला र ?