२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सरकारद्वारा त्रिभुवन विश्वविद्यालय जग्गा खोजबिन प्रतिवेदन कार्यान्वयन गरिदै


२५ आश्विन २०८२, शनिबार  


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ ।

मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले यसको तयारी गरेको हो ।

शिक्षामन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

गएको साल २०८१पुस २ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीसमक्ष तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा खोजबिन समितिका सदस्य महेन्द्र थापाले प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

वि.सं २०८० जेठ १७ गते मन्त्रिपरिषदबाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गे अड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ वटा क्याम्पसका जग्गाको अवस्था, दुरुपयोग र उपयोगका लागि समाधानका उपायसमेत सुझाएको थियो ।

समितिले जग्गाको दुरुपयोग भएका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिएको थियो ।विश्वविद्यालय जग्गामा कांग्रेसका नेता उमेश श्रेष्ठ र एमाले नेता गोपालमान श्रेष्ठको लगानी रहेको ल्याब स्कुल वर्षौदेखि सञ्चालनमा छ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ३ : ०३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित